एनआरएनए युगान्डाले गर्‍यो अफ्रिकामा रक्तदान


प्रकाशित मिति : माघ २९, २०७४ सोमबार

गैर आवासीय नेपाली संघ युगान्डाले युगान्डाको कम्पालामा रक्तदान गरेको छ ।

विश्वब्यापी रक्तदान कार्यक्रम अभियान चलाउँदै हिँडिरहेका अमेरिकाका  एनआरएन रक्तदाता अर्जुन प्रसाद मैनाली विशेष अतिथिका रूपमा सहभागी कार्यक्रममा उनले १६१ औ पटक रक्तदान गरेका थिए।

कार्यक्रममा बोल्दै  मैनालीले नेपालीहरूले अफ्रीकी मुलुकमा आएर आफ्नो पाखुरामा सुइ घुसारी प्लास्टिकको थैला भरी रगत दिनु चानचुने कुरा नभएको विचार ब्यक्त गर्दै जीवनमा कमसेकम एकपटक रक्तदान गर्न सबैलाई अनुरोध गरेका थिए।

कार्यक्रमका  प्रमुख अतिथि ब्लड  बैंक युगान्डाका  प्रमुख मुगिसा विलियमले युगान्डामा रहेका नेपालीहरुको यस मानवीय कार्यको लागि आभार ब्यक्त गर्नु भएको थियो।

कार्यक्रममा एनआरएनए युगान्डाका अध्यक्ष राजमणि भन्डारी, पूर्व अध्यक्ष रमेश कँडेल, उपाध्यक्ष बिनोद थापा, महासचिव रमेश शर्मा, सचिब गङालाल खरेल, कोषाध्यक्ष मन्जुल पाठक, प्रवक्ता कमल भट्टलगायतले मन्तब्य  ब्यक्त गरेका थिए।

एक सय एक जनाले रक्तदान गरेको कार्यक्रममा नेपाली, भारतीय, पाकिस्तानी, अरबेयिन र स्थानीय युगान्डाका नागरिकहरुले समेत रक्तदान गरेका थिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com