चक्कु किन्न आउँदा माया बस्यो, १८ वर्षकी युवतीले गरिन ६२ वर्षीय हजुरबुवासँग विवाह


प्रकाशित मिति : माघ १६, २०७४ मंगलबार

‘प्रेम अन्धो हुन्छ,’ भन्ने उख्खानलाई हालै भएको घटनाले पनि चरितार्थ गरेको छ ।
घटना कस्तो भने चक्कु किन्न आएको एक व्यक्तिसँग १८ वर्षकी युवतीको प्रेम बस्यो । ती व्यक्ति आफूभन्दा ४४ वर्षको जेठो हुँदा पनि युवतीले उनीसँगै जीवन विताउने प्रण गरिन् । र विवाह नै गरिन् ।

घटना हो थाइल्याण्डको गोवा भन्ने ठाउँको । १८ वर्षीया युवती आफ्ना (लुहार) बुवाको आरनमा काम गर्थिन् । सोही आरनमा चक्कु किन्न आएका एक हजुरबाट उमेरका (६२ वर्षीय) सुलेमान डाएङसँग देखादेख भयो ।
केही छिनको देखादेखमै उनले ती बृद्धलाई मन पराइन् । केही समय उनीहरु दुवै जना प्रेम सम्बन्धमा रहे । गत जुलाईमा दुवै जनाले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका छन् ।

सुलेमान ५ छोराछोरी र ९ नातिनातिनीका अभिभावक हुन् । केही समयअघि उनकी पत्नीको मृत्यु भएको थियो ।
पत्नीको मृत्युपछि स्थानीय लोहारको घरमा चक्कुलगायत फलामका सामान किन्न गइराख्ने सुलेमानको लोहारकी छोरी डायनासँग प्रेम भयो । एक वर्षको प्रेमपछि उनीहरुले गएको १६ जुलाइमा बिहे गरेका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com