बाम गठबन्धनको सरकारको विकल्प छैन : कमल थापा


प्रकाशित मिति : माघ १३, २०७४ शनिबार

-नवीन कुमार गुप्ता-
सप्तरी, १३ माघ ।
राप्रपाका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले संवैधानिक जटिलताका कारण सरकार बन्नमा ढिलाई भएको बताउनु भएको छ । उहाँले बाम गठबन्धनलाई यस पटक जनताले जनाधिकार दिएकोले बाम गठबन्धनको सरकारको विकल्प नरहेको समेत बताउनु भयो ।

मोरङ, झापा, सुनसरी र सप्तरीको भ्रमणमा रहेका मन्त्री थापाले आज राजविराजमा आयोजित पत्रकार सम्मेलनमा संविधान निर्माणका क्रममा काँग्रेस, एमाले र माओवादीले संवैधानिक जटिलताका बारेमा पर्याप्त ध्यान नदिएको भन्दै निर्वाचन सम्पन्न गराई सरकार निर्माण गर्ने बारे मात्र उनीहरुले सोचेकोले अहिलेको संबैधानिक जटिलता आएको आरोप समेत लगाउनुभयो ।

उहाँले अब बन्ने सरकारले मुलुकमा स्थायित्व कायम गर्ने र समग्र आर्थिक विकासका लागि मुलुक अगाडी बढाउने अपेक्षा गरिएको बताउनुभयो ।
मधेश केन्द्रित दल राजनीतिक स्वार्थमा आन्दोलन गरेको र उनीहरुको मुद्दा समेत स्पष्ट नरहेको बताउँदै मन्त्री थापाले प्रादेशीक मुद्दा उठाएर जनतालाई झुक्याई सत्तामा रहन मात्र मधेशी दलले आन्दोलन गरेको आरोप समेत लगाउनुभयो ।

उहाँले नेपाली जनतामा अहिले पनि हिन्दु राष्ट्रको अभिमत नघटेको दाबी गर्दै अब सडकबाटै पार्टीले उठाएको एजेण्डालाई स्थापित गर्ने जिकिर गर्नुभयो । उहाँले हिन्दु राष्ट्रको एजेण्ड बोकेको राप्रपाले पार्टी विभाजन, निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवार खडा गर्न नसक्नु र काँग्रेससँग गरिएको तालमेलमा काँग्रेसले सहयोग नगरेकोले निर्वाचनमा हार व्यहोर्नु परेको बताउनुभयो ।

मन्त्री थापाले आगामी दिनमा राप्रपा रचनात्मक ढंगले मुलुकको राष्ट्रिय राजनीतिमा सक्रियता जनाइरहने बताउनुभयो ।

उहाँले प्रदेश नं। ३ का प्रमुख अनुराधा कोइरालाको नागरिकता बंशज नै रहेको तर कसैले नागरिकता सम्बन्धमा दाबी बिरोध गरे त्यो अदालतबाट स्पष्ट हुने बताउँनुभयो । यद्दपी उहाँले प्रदेश नं। ३ का प्रमुख अनुराधा कोइरालाका भाई अभय गुरुङसँग फुटवल खेलेको र उनी दार्जिलिङ निवासी रहेको खुलासा समेत गर्नुभयो ।
यसको भिजुवल एफटिपी सप्तरीमा “द्दण्ठद्ध mबनज ज्ञघ पबmब ितजबउब” फोल्डरमा रहेको छ ।नवीन कुमार गुप्ता

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com