बोलेरो दुर्घटनामा एक महिने शिशुको मृत्यु


प्रकाशित मिति : माघ ९, २०७४ मंगलबार

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार भीमेश्वर नगरपालिका–१ ओडारे भन्ने स्थानमा ब्रेकफेल हुँदा बोलेरो करिब २५ मिटर तल झरेको छ । गम्भीर घाइतेको साधारण चेकजाँच पछि धुलिखेल अस्पताल काभ्रे रिफर गरिएको थियो ।

मृत्यु हुनेमा रामेछाप जिल्ला साविकको प्रीति गाविस वडा नम्बर ९ का २५ वर्षीय नानिमाया तामाङको एक महिने शिशु रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डिएसपी कार्कीले बताउनुभयो । आमा नानिमायाको अवस्था पनि चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले बताएको छ । नानिमायाको धुलिखेल अस्पताल, काभ्रेमा उपचार भइरहेको छ ।

गाडीमा सवार अन्य भने सामान्य उपचारपछि घर फर्केको प्रहरीले बताएको छ । गाडी धनी तथा सवारी चालक कालीञ्चोक गाउँपालिका–२ बस्ने २४ वर्षीय निमा शेर्पा र बिगु गाउँपालिका–९ का ३५ वर्षीय चन्द्रकुमारी तामाङको अवस्था सामान्य रहेको बताइएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com