दशैं नेपालीको, चहलपहल भारतमा


प्रकाशित मिति : आश्विन १६, २०७३ आईतबार

दशैं नेपालीको महान चाड हो । तर यसको रौनक र चहलपहल भने सीमापारि भारततिर बढी हुन थालेको छ । उपभोक्तहरु बडादशैंको किनमेलका लागि विराटनगवरभन्दा सँगै जोडिएको सीमावर्ती भारतीय बजार जोगबनीमा पूर्वी नेपालका नेपाली उपभोक्ता पुग्ने क्रम बढेको छ ।

जोगबनीमा भेटिएकी दुहबीकी अनिता घिमिरेले भनिन्,’नेपालमा भन्दा सस्तो र राम्रो सामान पाइने भएकाले म यतै किनमेल गर्न आउँछु ।’ जोगबनी बजार खास गरेर झापा, मोरङ, सुनसरी र सप्तरीका विभिन्न क्षेत्रका बासिन्दाको आकर्षणको केन्द्र रहेको अन्नपूर्णमा खबर छ ।

कोसीपहाडका विभिन्न क्षेत्रका मानि पनि त्यहाँ पुग्ने गर्छन् । जोगबनी बजारमा चहलपहल बढिरहँदा बिराटनगरेको बजारमा भने दसैंको खासै रौनक देखिँदैन ।मोरङ व्यापार संघका अनुसार आधाभन्दा धेरै बजारका पसलमा अहिले पनि ग्राहकको कमी देखिने गरेको बताए ।

उपभोक्ताले पारिगएर किनमेल गर्ने प्रवृत्तिका कारण विराटनगर बजारको व्यापार निरन्तर खस्कँदै गएको उनले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com