पूर्व गृहमन्त्री घिमिरे परिवार सरकारसँग रुष्ट


प्रकाशित मिति : आश्विन १५, २०७३ शनिबार

आइतबार दिउँसो त्रिशूली नदीमा जिप दुर्घटनामा परेर हराइरहेका पूर्वगृह मन्त्री माधव घिमिरेको परिवारले शुक्रबार साँझ कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन् ।

घिमिरे दाजुभाइको पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्दा उनका आफन्त तथा आर्यघाटमा उपस्थित जनसमुदाय भावविभोर बनेका थिए । तीन दाजुभाइको लहरै चिता बनाई कुसको मानवकृति बनाएर उनीहरूको बिदाइ गरिएको थियो ।

कुसल प्रशासक तथा कुशल शासकका रूपमा चिनिएका घिमिरे मुस्ताङको कागबेनीमा सोह्रश्राद्ध गरी काठमाडौं फर्कने क्रममा चितवनको दारे चोक गाविसको घोप्टेभीरमा उनले चलाइरहेको जिप दुर्घटनामा परेको थियो ।

उनीसहित तीनै दाजुभाइ अझै बेपत्ता छन् । शुक्रबार दिउँसो उनीसँगै दुर्घटनामा परेकी आमाको अन्त्येष्टि गरेपछि तीन भाइको एकै पटक अन्त्येष्टि गरिएको थियो ।

उनले राष्ट्रलाई पुर्‍याएको योगदानलाई राज्यले कदर गर्न नसकेको भन्दै आर्यघाटमा उपस्थित आफन्त र सर्वसाधारणले टिप्पणी गरेका समाचारपत्रमा खबर छ । उनको खोजीमा सरकारले खासै चासो नदिएको भन्दै आफन्तले उपप्रधान तथा गृहमन्त्री विमिलेन्द्र निधिको आलोचना गरेका थिए ।

सरकारको रवैयाप्रति परिवारजनले समेत असन्तुष्टी जनाएका थिए । बनस्थलीस्थित घरमा सान्तवना दिन पुगेका गृहमन्त्री निधिलाई परिवारजनले खोजीकार्य प्रभावकारी नभएको भन्दै असन्तुष्टी पोखेका थिए । गृहमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएको परिवारले आरोप लगाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com