पूर्वगृहमन्त्री घिमिरेसहित बेपत्ताको खोजी जारी, अझै भेटिएनन्


प्रकाशित मिति : आश्विन १०, २०७३ सोमबार

चितवनको दारेचोक स्थित घोप्टेभीरमा हिजो दिउसो कार दुर्घटनामा परि बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सहित तीन जना अझै बेपत्ता छन। चितवनको कुरिनटार नजिकै दारेचोक गाविस(३ घोप्टे भीरबाट त्रिशुली नदीमा खसेको स्कोर्पियो गाडी राति साढे १ बजेसम्म खोज्दा पनि बेपत्ताहरु र गाडीको अवस्था अज्ञात छ ।

आज बिहानवाट फेरी खोजी कार्य सुरु भएको प्रहरीले जनाएको छ । पूर्वमन्त्री घिमिरे सहित उनका भाई मोहन घिमिरे र प्रकाश घिमिरे बेपत्ता भएका छन्।  सोमबार बिहानैबाट २ वटा र्‍याफ्टिङको टोलीलाई गाडी तथा बेपत्ताहरूको खोजीका लागि पठाइएको चितवनका एसपी बसन्त कुँवरले जानकारी दिए ।

गाडी त्रिशुलीमा खस्दा ३ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा पुर्वगृहमन्त्री घिमिरेकी आमा ८० वर्षकी चैतन्यकुमारी घिमिरे, सुरक्षाकर्मी सशस्त्र सई रामचन्द्र कार्की र नारायणप्रसाद काफ्ले रहेका छन्। गाडीका चालक विष्णु राईको पुरानो मेडिकल कलेजमा उपचार गराइरहेको र उनलाई कसैसँग भेट्न दिइएको छैन।

पूर्व गृहमन्त्री घिमिरेको कार त्रिशूलीमा खस्यो

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com