सम्बन्ध बढाउन टेक्सासमा रुकुमेलीको बनभोज, सिंगारु, टप्पा र लहरे नाचिने


प्रकाशित मिति : मंसिर २६, २०७४ मंगलबार

अमेरिकामा रहेका रुकुमेलीहरुको आयोजनामा टेक्सासको अष्टिनमा यही डिसेम्बर २१ तारिख बिहिबारका दिन भव्य बनभोज कार्यक्रमको आयोजना गरिएको छ । अष्टिनस्थित एमा लंग मेट्रोपोलिटन पार्कमा आयोजना गरिन लागेको बनभोजमा आयोजक रुकुमेलीहरु भएपनि सबै नेपालीहरु सहभागी हुन सक्ने बताइएको छ ।

अमेरिका र त्यसमा पनि टेक्सास राज्यमा रुकुमेलीहरुको संख्या बढ्दै गर्दा एक आपसमा सहयोग आदानप्रदान तथा परिचय गर्न संगै अष्टिनमा बस्ने नेपालको अन्य भेगका नेपालीहरु संग रुकुमेलीको सम्बन्ध बढाउन बनभोज कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
अमेरिकामा रहेका रुकुमेलीहरुको आयोजनामा पहिलो पटक अष्टिनमा आयोजना हुन लागेको बनभोज कार्यक्रममा रुकुमेली संगै अष्टिनमा बस्ने नेपालीहरुलाई सहभागीताको लागी आग्रह गरिएको बनभोज तयारी समितीका संयोजक मोहन के सीले जानकारी दिनुभयो ।

बनभोजमा रुकुमेली परम्परागत नृत्य समेत प्रस्तुत गरिने छ । बनभोज कार्यक्रममा गैर आवासीय नेपाली संघ अमेरिकाका पदाधिकारी संगै स्थानीय नेपाली संघ संस्थाका पदाधिकारीहरु पनि सहभागी हुने भएका छन् । डिसेम्बर २१ तारिख दिउंसो १२ बजेदेखी शुरु हुने बनभोज बेलुका ६ बजेसम्म चल्नेछ । रुकुमेली परम्परागत सिंगारु, टप्पा, लहरे नाच बनभोजका मुख्य आकर्षण हुनेछन् भने रुकुमेली साथीभाई आफन्त संगै सबै नेपालीहरुको भेटघाटलाई कार्यक्रमले प्राथमिकता दिएको छ ।

अष्टिनको रमणिय र बिशाल पार्कको अवलोकन तथा मनोरञ्जनात्मक कार्यक्रम हुने बनभोजमा खानाका बिभिन्न परिकार पनि हुनेछन जसका लागी कार्यक्रममा सहभागी हुन २० डलरमा टिकट पाइने आयोजकले जनाएको छ । बनभोजलाई भव्य र ऐतिहासिक बनाउन तयारी तिब्र पारिएको तथा सबैको सहभागीता र साथको अपेक्षा गरेको आयोजकको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com