न्युयोर्कमा कोभिड-१९ टास्क फोर्सको प्रयास : समस्या परे सिधै फोन गर्नुहोस


प्रकाशित मिति : चैत्र २८, २०७६ शुक्रबार

जनसम्पर्क समिति अमेरिकाले हालै गठन गरेको कोभिड-१९ राहत टास्क फोर्सहरू मध्ये न्युयोर्कको टास्क फोर्सले आफ्नो काम ब्यापक रुपमा अगाडी बढाएको छ । कोरोना भाईरसको केन्द्रबिन्दु रहेको एल्म्हर्स्ट हस्पिटलको वरपर बस्ने हजारौं नेपालीहरु यो भाइरस बाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपबाट पिडित छन् ।

केहि नेपालीको मृत्यु भैसकेको र धेरै संक्रमित छन् । सबैलाई घरमा बस्ने निर्देशन दिइएको छ । सरकार नै गम्भीर अवस्थामा लागिरहेको यस्तो अवस्थामा सहयोग गर्छु भन्ने नेपाली संस्थाको सहयोग गर्न सक्ने परिधि वा क्षमता के हो त ?  घरमा थर्मामिटर नभएर ज्वरो नाप्न नपाउनेलाई एउटा उपलब्ध गराउनु त्यो संस्था वा व्यक्तिले दिने ठुलो सहयोग हो।

अहिले चाहिने अत्याश्याक राहतका सामाग्री भनेको टैलेनोल, थर्मामिटर, मास्क, पन्जा र हेन्ड सेनिटैजर हुन् जुन घर घरमै पुर्याइएका तस्विरहरु नेपाली संस्था तथा व्यक्तिहरुको सामाजिक संजालमा देखिइरहेको छ ।

के तपाईं समस्यामा हुनुहून्छ ? फोन गर्नु होस

समस्या-१: अत्यावश्यक सामग्री टैलेनोल, थर्मामिटर, मास्क, पन्जा र हेन्ड सेनिटैजर कंहा पाउने ?

उत्तर: स्थानिय काउन्सिल-मेन लाइ सम्पर्क गर्ने । हामीलाई सम्पर्क गर्नुस हामी तपाईंलाई  स्थानिय लिडर संग जोडीदिन्छौं । हामी संग पनि समान आइरहेको हुनाले स्टकको आधारमा आफै पनि तपाइंलाई उपलब्ध गराउन सक्छौं ।

सम्पर्क: उर्गेन शेर्पा (718) 808-3677, रोशन ढुंगाना (646) 724-4431

समस्या-२: कोरोनाको लक्षण आयो – हस्पिटल गएँ – टेस्ट गरें – पोजिटिब आयो – घर गएर बस भनेर पठायो – म घर जान हुन्न किनकि मेरो सानो ठाउं छ र अरुलाई सर्न सक्छ – म के गरौँ?

उत्तर: हस्पिटललाइ समस्या भन्नुस – होटेल मिलाइ दिन्छ । नत्र हामीलाई फोन गर्नुस ।

सम्पर्क: नवराज केसी (347) 567-8512

समस्या-३: मेरो घरमा मेरो साथीलाई कोरोना लागेको छ – म जोगिन खोज्दै छु  – म याँहा बस्न सक्दिन – के गरूँ?

उत्तर: न्युयोर्कको गबर्नर अफिसमा यो बिषयमा तपाईं जस्तालाई ठाउं उपलब्ध गराउने बारेमा छलफल भैरहेको छ । अपडेट का लागि हामी संग सम्पर्क गर्नुस ।

सम्पर्क: श्याम कार्की: (347) 656-5326

समस्या-४: मेरो परिवारमा कोरोनाको कारणले मृत्यु भयो – वंहाको शब हस्पिटलमा छ । म के गरौँ ?

उत्तर: हामीलाई फोन गर्नुस ।

सम्पर्क: मुनिन्द्र नेम्बाङ्ग (646) 379-9641, उर्गेन शेर्पा (718) 808-3677, अन्जान चौंलागाई (347) 656-6909

समस्या-५: मलाइ इम्प्लोयमेन्ट सम्बन्धि फर्म भर्न आउदैन – के गरौँ?

उत्तर: हामीलाई फोन गर्नुस ।

सम्पर्क: छेमाङ लामा (347) 686-4957, दीपेन्द्र लामा (347) 935-2721, छिरिङ्ग लामा (347) 935-9745

समस्या-६: म नेपाली बिद्यार्थी हुं । अनलाइन क्लास भैरहेको छ – पैसा तिर्न पर्छ । होस्टेल बाट निकाल्यो । बस्न सार्है दुख छ । पार्ट टाइम काम पनि छैन । नेपालबाट बाबा ले पैसा पठाउन सक्नुहुन्न – वंहाको पनि जागिर छैन । मलाई सार्है गार्हो भयो – म के गरौँ ?

उत्तर: हामी सहयोग गर्छौं – फोन गर्नुस ।

सम्पर्क: छेमाङ लामा (347) 686-4957, दीपेन्द्र लामा (347) 935-2721, छिरिङ्ग लामा (347) 935-9745

समस्या-७: मेरो सानो ब्यापार थियो । हेर्नुस न एक महिना भयो – घरभित्र छु । आम्दानी छैन र अब कोरोना समाधान भए पनि त्यो ब्यापार काम छैन ।  मलाइ बाच्न नै धौ धौ हुने भो । के गरौँ?

उत्तर: हामीलाई फोन गर्नुस ।

सम्पर्क: मोहन ज्ञवाली (646) 299-0447, नवराज केसी (347) 567-8512

समस्या-८: म संग जागीर छैन – रेन्ट तिर्न सक्दिन – अपार्टमेन्ट बाट निकाल्छ कि क्याहो । कंहा जाउँ?

उत्तर: निकाल्दैन । ९ महिना सम्म रेन्ट नतिरेमा तपाईं बिरुद्द घर साहुले उजुरी दिन मिल्दैन । तर पछी गएर भने तपाइंले रेन्ट तिर्ने पर्छ । एकै चोटी कसरि १० महिनाको रेन्ट तिर्ने भन्ने कुराको सल्लाह राज्यले गर्दैछ ।

सम्पर्क: मोहन ज्ञवाली (646) 299-0447, डा. तारा निरौंला (646) 265-1439

समस्या-९: हेर्नुस न, घर किनी पासो भयो । मोर्टगेज तिर्ने पैसा नै छैन – घर त लिलाम हुन्छ कि क्या हो?

उत्तर: हुन्न, ढुक्क हुनोस । तपाइलाई रेन्ट मा बस्न भन्दा अझ बढी फाइदा छ किनकि तिन महिना पछि चार महिनाको मोर्टगेज एकै चोटि तिर्न पर्दैन ।

सम्पर्क: मोहन ज्ञवाली (646) 299-0447, डा. तारा निरौंला (646) 265-1439

समस्या-१०: मेरो कागज छैन – अमेरिका सरकारले मलाइ केहि दिन्न होला । काम पनि छैन । म कसरी बाच्नु?

उत्तर: ढुक्क हुनोस । तपाइको लागि सिटीको पनि सहयोग हुनेछ र फेरी कंग्रेसले अर्को बिल ल्याउदै छ – बिल पास गर्न गराउन सहयोग गर्नुस ।

सम्पर्क: छेमाङ लामा (347) 686-4957, दीपेन्द्र लामा (347) 935-2721, छिरिङ्ग लामा (347) 935-9745

अन्य जानकारीको लागि तलका नम्बरमा सम्पर्क गर्नुस ।

१. रोशन ढुंगाना:- (646) 724-4431

२. श्याम कार्की:- (347) 656-5326

३. छेमाङ लामा:- (347) 686-4957

४. सुर्य लम्साल:- (718) 644-3927

५. मोहन ज्ञवाली:- (646) 299-0447

६. डा.तारा निरौंला:- (646) 265-1439

७. उर्गेन शेर्पा:- (718) 808-3677

८. नवराज केसी:- (347) 567-8512

९. अन्जान चौंलागाई:- (347) 656-6909

१०. दीपेन्द्र लामा:- (347) 935-2721

११. छिरिङ्ग लामा:- (347) 935-9745

“त्यो असाध्यै राम्रो र सहासिक काम हो” जनसम्पर्क समिति न्युयोर्क टास्क फोर्सका संयोजक सुर्य लम्सालले बताए “यसका साथ् साथै हामीले स्थानिय सरकार संग सहकार्य गरेर उनीहरुको योजना बुझी सरकारी प्रयत्नलाई  सहयोग पुग्ने र हाम्रो समुदाय लाई पनि राहत मिल्ने बिषयमा हात हाल्न जरुरी छ”। लामो समय सम्म स्थानीय नेतृत्वलाई सहयोग गर्दै न्युयोर्क शहरमा चिर परिचित यसै टास्क फोर्सका सदस्य तथा समाजसेवी मोहन ज्ञवाली, नवराज के सी, डा तारा निरौला, क्षेमाङ लामा, उर्गेन शेर्पा र श्याम कार्कीले नेपालीले सधै सहयोग दिने मात्र होइन, यस्तो आपतमा सरकार संग राहत लिन पनि जान्नुपर्छ भन्दै कार्य योजना तैयार बनाउनुभएको छ । यस टास्कफोर्सका सदस्य तथा जनसम्पर्क समिति न्युयोर्क च्याप्टरका सभापति रोशन ढुंगाना र एनआरएनए अभियान्ता अन्जान चौलागाईंले समस्याको जानकारीका लागि क्विन्समा रहनुहुने नेपालीहरु संग सम्पर्कमा रही सहयोगको वातावरण तैयार गरिरहनु भएको छ । स्थानिय प्रभावशाली युवा छिरिङ्ग लामा र दिपेन्द्र लामाले विद्यार्थीको समस्या काहालीलाग्दो हुदैछ र अहिल्यै नै यो बिषयमा स्थानिय र राष्ट्रिय नेतृत्व  संग बसेर छलफल गर्न यो टास्क फोर्सले पहल गर्ने बताउनुभयो ।

यो टास्क फोर्स ले के काम गर्छ त ? “हामीले फेडेरल सरकारको तर्फबाट कांग्रेसवोमन ग्रेस मेंग र नेपाली समाजसेवी बीच भिडियो कन्फरेन्स गराएर हाम्रो समस्या तथा हामीले पाउने सुबिधाको बारेमा जानकारी लियौं”  रोटरी क्लब न्युयोर्क “क्विन्स”का अध्यक्ष समेत रहनुभएका नवराज के सी ले भन्नुभयो । “भिडियो कन्फरेन्सको माध्ययमबाट भुतपुर्ब काउन्सिल वोमन तथा क्विन्स बोरो प्रेसिडेन्टका क्याण्डिडेट संग सहयोगको अपिल गर्यौं । एल्मर्स्ट हस्पिटल रहेको क्षेत्रको सिटि काउन्सिल्मेन ड्यानियल ड्रम संग कन्फ्रेंस्कल गराएर धेरै उपयोगी सरकारी श्रोतका बारेमा जानकारी लियौं” । सरकारी श्रोत परिचालन गर्न लामो समय देखि पहल गर्नुहुने शेर्पा किदुंगका अध्यक्ष उर्गेन शेर्पाले यो आपतमा नेपाली समाजलाई राजनीतिक व्यक्तित्वहरु संगको सहकार्य बाट नै धेरै सहयोग गर्न सकिने बताउनुभयो । यो लगायत अमेरिका भरिका जनसम्पर्क समितिका टास्क फोर्सको संयोजन गरिरहनु भएका जनसम्पर्क समिति अमेरिकाका महासचिवले न्युयोर्कको टास्क फोर्स को काँधमा ठुलो जिम्मेवारी आएको औलाउदै यसले उदाहरणिय काम गर्नेमा पनि बिश्वाश गर्नुभयो ।

रोटरी क्लब न्युयोर्क “क्विन्स” र शेर्पा किदुँगको संयुक्त सहकार्यमा यो टास्क फोर्सले न्युयोर्क क्विन्स्का नेपालीको वास्तविक समस्या र सरकारी सहयोगको सम्भावाना लाई बुँदागत रुपमा यसरी प्रस्तुत गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com