भ्रमण बर्षको सचिवालय र बाना बिच सहमति पत्रमा हस्ताक्षर


प्रकाशित मिति : माघ १९, २०७६ आईतबार

नेपाल भ्रमण बर्षको सचिवालय र बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) बिच एक सहमति पत्रमा हस्ताक्षर भएको छ । बाल्टिमोरस्थित बानाको भवनमा शनिवार भएको सहमति पत्रमा नेपाल भ्रमण बर्ष २०२० सफल बनाउन बानाले विभिन्न कार्यक्रमार्फत सहयोग गर्ने उल्लेख छ । जसमा नेपाल भ्रमण बर्षको बारेमा प्रवर्धनात्मक कार्य गर्नै, विभिन्न प्रकारका प्रचार समाग्रीहरु वितरण गर्र्ने, अमेरिकी पर्यटकलाइ नेपाल जान प्रोत्साहन गर्ने, नेपाल जान चाहन पर्यटकलाइ आवश्यक समन्वय गरिदिने लगायत छन् । नेपाल भ्रमण बर्ष  २०२० को सदस्य सचिव बच्चुनारायण श्रेष्ठ   बानाका अध्यक्ष सुबोध बिलास पन्तले सहमति पत्रमा हस्ताक्षर गरेका थिए । हस्ताक्षर् कार्यक्रममा बोल्दै सदस्य् सचिव श्रेष्ठले वासिङ्टन डिसि,मेरिल्यान्ड ,भर्जिनिया (DMV) क्षेत्रमा नेपाल पर्यटन बर्ष को प्रचार प्रसार गर्ने उद्देस्यले बानासँग सम्झौता गर्न पाउदा खुशी लागेको बताए, “नेपालीहरुको प्रतिष्ठित संस्थासंग हातेमालो गर्न पाउदा खुसी लागेको छ” उनले भने । बानाका अध्यक्ष सुबोध बिलास पन्तले नेपाल पर्यटन बर्ष २०२० ,नेपालको आर्थिक उन्नति सँग जोडिएकोले यस्को प्रचार प्रसार गर्ने जिम्मा पाउदा गर्ब लागेको कुरा उल्लेख गरे, “विश्वको जुन कुनामा रहे पनि मातृभूमीको लागी काम गर्न पाउनु सौभाग्य हो, नेपाल भ्रमण बर्ष सफल पार्न बाल्टिमोरबासी एकजुट छौँ” पन्तले भने ।

सो अवसरमा बानाकी पुर्वअध्यक्ष अनुसुया वन्तले मातृभूमीकोे कुनै पनि अभियानमा हातेमाले गर्ने बानाको उदेश्य रहेको बताउदै भ्रमण बर्ष सफल बनाउन बानाको तर्फबाट सम्पुर्ण प्रयास गरिने बताइन “नेपालको हितमा काम गर्न पाउनु हाम्रो भाग्य हो हामी सक्दो सहयोग गर्नेछौ” उनले भनिन् ।  वन्तले  १९९८ मा पनि आफूले नेपाल चिनाउन कलाकारको हैसियतले प्रस्तुति गरेको स्मरण गराईन । बाना करिब २५ हजार नेपालीको बसोबास रहेको बाल्टिमोर क्षेत्रको अग्रणी संस्था हो ।  वन्त अध्यक्ष हुदा बानाले आफ्नै भवन खरिद गरेको थियो ।

बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका ((बाना)अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा सन् २००५ मा स्थापित गैर मुनाफा सामाजिक सँस्था हो । बानाले आफ्नो स्थापनाकाल देखिनै नेपाली कला संस्कृतिको प्रवर्धनका लागी बाल्टिमोरमा सडक महोत्सव, संस्कृतिक कार्यक्रम लगायत विभिन्न गतिविधि गर्दै आएको छ । कार्यक्रममा बानाका पूर्व अध्यक्ष अनुसया श्रेष्ठ वन्त ,बानाका सल्लाकार बाना पदाधिकारीहरु लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो । कार्यक्रम संचालन बानाका महासचिव किरण ढकालले गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com