नाशाको प्रल्हाद एण्ड विन्दु पन्त छात्रवृत्तिका लागी निवेदन आव्हन


प्रकाशित मिति : श्रावण ९, २०७६ बिहीबार

नेप्लीज एसोसिएसन अफ साउथइष्ट अमेरिका (नाशा) ले हरेक बर्ष प्रदान गर्ने प्रल्हाद एण्ड विन्दु पन्त छात्रवृत्ति पुरस्कारको लागी आवेदन खुल्ला गरिएको छ । २५ सय अमेरिकी डलरको सो पुरस्कार अमेरिकामा अध्ययानरत नेपाली मुलका अन्डरग्रेजुएट तहका एक जना बिद्यार्थीलाइ आगामी अगष्ट ३० मा नाशाको अधिबेशनमा प्रदान गरिन्छ ।
विद्यार्थीको मेरिट भन्दा पनि आवश्यकतालाइ छनोटको मुख्य आधार मानिने यो पुरस्कारको लागी आवेदकले स्कुलतहको शिक्षा समेत अमेरिकामै पुरा गरेको हुनुपर्नेछ । अमेरिकको कुनै पनि राज्यमा पढिरहेको, बाबु वा आमा वा आफु समेत नेपाली भएको कोहि पनि पुर्णकालीन बिद्यार्थीले कलेजमा भर्ना भएको पत्र सहित निवेदन दिन सक्नेछन् । यस अघि कलेज वा अन्य कुनै संस्थाले छात्रवृत्ति दिएको भए सो समेत उल्लेख गरि अगस्ट १ तारिखसम्म निवेदन दिइसक्नु पर्नछ । निवेदनको साथमा यो पुरस्कार पाउन आफु किन योग्य छु भन्ने एक पेजको दाबी पत्र पनि संलग्न गरि बmपवजब२जयतmबष्।िअयm मा इमेल गर्न सकिन्छ । छात्रवृत्ति आवेदन फर्म नाशाको वेभसाइटः जततउकस्ररवयष्लतअयलखभलतष्यल।यचन बाट डाउनलोड गर्न सकिन्छ ।
“यो मेरिट होइन बरु आवश्यकताको आधारमा दिइने छात्रवृत्ति हो ।” पुरस्कारका संस्थापक, प्रध्यापक तथा वरिष्ठ इन्जिनियर प्रल्हाद पन्तले भन्नु भयो । सन् १९७० को दशकमा अमेरिका आउनुभएका पन्त इन्जिनियरिगंमा पिएचडी गर्ने पहिलो नेपाली हुनुहुन्छ । वहाँ नेपाली मुलको पहिलो इन्जिनियरको ््प्राध्यापक समेत रहेका पन्तले सन् २०१३ मा आफ्नी जीबनसंगी विन्दु पन्तसंग मिलेर यो पुरस्कार स्थापना गर्नुभएको हो । नाशाले व्यवस्थापन गर्ने यो पुरस्कारको विजयी नर्थ क्यारोलाइनमा हुने नाशाको सम्मेलनमा स्वयं उपस्थित हुनुपर्ने कुरा नाशाका अध्यक्ष माधब ढकालले जानकारि दिनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com