न्युयोर्कमा सामुहिक ब्रतबन्ध


प्रकाशित मिति : श्रावण १०, २०७३ सोमबार

 

न्युयोर्कमा रिजउड नेपाली समाजले सामुहिक ब्रतबन्ध कार्यक्रम गरेको छ । रिजवुड नेपाली समाजले बिहिबार सामुहिक ब्रतबन्धको आयोजना गरेको हो । ब्रतबन्ध न्युयोर्कको उडसाइडमा रहेको सत्यनारायण मन्दिरमा गरिएको हो । पुरोहितले ११ जनाको सामुहिक ब्रतबन्ध गराएका हुन् ।

हिन्दु धार्मिक परम्परा अनुरुप छोरा मान्छेले आफ्नो सम्पूर्ण कर्मकाण्ड पूरा गर्नका लागि ब्रतबन्ध गर्नुपर्ने अनिवार्य नियम रहेको छ कुरा धर्म शास्त्रमा उल्लेख गरिएको पाइन्छ । बिदेशमा रहेर पनि यस्ता संस्कारहरु पूरा गर्नुपर्ने तर आवश्यक श्रोत र साधन जुटाएर बैदिक विधिबाट समापन गर्न गाह्रो पर्ने भएकाले आफूहरुले यस्तो कार्यक्रम आयोजना गरेको रिजउड नेपाली समाजले जनाएको छ ।

13669710_1102727289804210_7986022277787452983_n 13689417_10208865517127638_1968183716_n 13689463_10208865517847656_661928198_n 13713384_10208865517407645_1959167486_n 13714449_10208865518087662_745144489_n 13735334_10208865516687627_82792222_n

फोटो ः मिलनकुमार शाही

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com