जाली ग्रीन कार्ड भेटिएपछि अमेरिका-क्यानाडा सीमाबाट आमा-छोरा पक्राउ


प्रकाशित मिति : मंसिर २०, २०८२ शनिबार

फोटो: केन लुन्ड/ CC BY-SA 2.0 अन्तर्गत इजाजतपत्र प्राप्त

अमेरिकी आप्रवासन अधिकारीहरूले ७ वर्षीय विद्यार्थी र उनकी आमालाई अमेरिका–क्यानाडा सीमाबाट पक्राउ गरेका छन्। महिलासँग जाली ग्रीन कार्ड भएको पत्ता लागेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको सीबीपीले जानकारी दिएको छ ।

सीबीपीका अनुसार ती महिला, उनका छोरा र एक वयस्क पुरुष साथी क्यानडा जान खोज्दा क्यानडाका अधिकारीहरुले प्रवेश नदिई अमेरिकातिरै फर्काएका थिए । हाईगेट स्प्रिंग्स पोर्ट अफ इन्ट्रीमा महिलासँग जाली ग्रीन कार्ड र सोसल सेक्युरिटी कार्ड फेला परेका थिए ।

सीबीपीका अनुसार आमालाई अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) को इन्फोर्समेन्ट एण्ड रिमुभल अपरेशन्समा स्थानान्तरण गरिएको थियो । उनका छोरा पनि आमासँगै छन् । वयस्क पुरुष साथीलाई पनि थप अनुसन्धान र प्रक्रियाको लागि आइस इआरओमा सुम्पिएको सीबीपीले जनाएको छ ।

छोरा विनोस्कीको जेएफके इलिमेन्टरी विद्यालयमा अध्ययनरत थिए । उनी थ्यांकसगिभिङ बिदापछि कक्षामा फर्किएनन्। स्कूल अधिकारीहरूले उनका पितासँग सम्पर्क गर्दा बिहीबारदेखि आमा र छोरासँग सम्पर्क नभएको जानकारी पाए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विनोस्की स्कूल डिस्ट्रिक्टका सुप्रिन्टेन्डेन्ट विल्मर चाभारियाले भने, “विद्यार्थीको सुरक्षा र भलाइ हाम्रो मुख्य चासो हो। यस कठिन समयमा हामी बालक र परिवारलाई सहयोग गर्न केन्द्रित छौं।”

हाल, आमा र छोरा टेक्सासको इमिग्रेशन प्रोसेसिंग सेन्टरमा राखिएका छन् भने उनीहरुलाई अध्यागमन अदालतमा पेश गरिदैछ । विनोस्की समुदायले बालकका पितालाई कानुनी प्रतिनिधित्व सुरक्षित गर्न र आमासँग सम्पर्क कायम राख्न सहयोग गर्दै आएको छ। स्कूल डिस्ट्रिक्टले पनि परिवारलाई सहयोग गर्न निजी आपतकालीन कोषबाट एक हजार डलर प्रदान गरेको छ।

चाभारियाले भने, “हामी विद्यार्थीकी आमासँग सम्पर्कमा छौं ताकि उनी र उनका बच्चा परिस्थिति अनुसार सकेसम्म राम्रो अवस्थामा रहुन्। परिवारको मुद्दा जनवरी महिनाको सुरुमा सुनुवाइको लागि तय भएको छ। त्यसअघि उनीहरू टेक्सासको हिरासतमा रहनेछन्।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com