२ वर्षपछि विपिन जोशीको जीवित दृश्य सार्वजनिक, भनेका छन् – ‘२५ दिनअघि इजरायल आएको हुँ’


प्रकाशित मिति : आश्विन २१, २०८२ बुधबार

सन् २०२३ अक्टोबर ७ मा इजरायलको किब्बुत्ज अलुमीमबाट अपहरण भएका नेपाली विद्यार्थी विपिन जोशीको भिडियो दुई वर्षपछि सार्वजनिक भएको छ। सन् २०२३ नोभेम्बरमा खिचिएको भनिएको उक्त भिडियो विपिनको परिवारको आग्रहमा हालै सार्वजनिक गरिएको हो।

यो भिडियो इजरायली गुप्तचर संस्थाले प्राप्त गरेको थियो, तर लामो समयसम्म सेन्सरमा राखिएको थियो। अहिले परिवारले अनुमति पाएपछि भिडियो बाहिर आएको इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन् ।

३३ सेकेन्ड लामो भिडियोमा विपिनले आफैँलाई परिचय गराएका छन् । उनले भनेका छन्, “मेरो नाम विपिन जोशी हो। म नेपालबाट आएको हुँ, २३ वर्षको हुँ। म २५ दिनअघि ‘लर्न एन्ड अर्न’ कार्यक्रमका लागि इजरायल आएको हुँ। म विद्यार्थी हुँ।”

विपिनको भिडियो सार्वजनिक भएपछि जोशी परिवारमा फेरि आशा जगाएको छ। विपिनकी आमा पद्मा जोशी र विपिनकी बहिनी पुष्पा जोशी हाल अमेरिकामा छन् । उनीहरूले विपिनको सुरक्षित रिहाइको लागि अन्तर्राष्ट्रिय स्तरमा अभियान चलाइरहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

द जेरुसेलम पोस्टसँग भनेकी छिन्, “यो भिडियो हाम्रो लागि जीवनको सङ्केत हो। हामी आशावादी छौँ र अब कुनै ढिलाइ बिनै सबै बन्धकहरूको सुरक्षित मुक्तिका लागि ठोस कदम चालिनुपर्छ।”

आमा पद्मा र बहिनी पुष्पाले हाल अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग समेत भेट्ने प्रयासमा छन् । उनले भनेकी छिन्, “हामी आशामय मुटुका साथ यहाँ आएका हौँ। हामी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न चाहन्छौँ ताकि उनी विपिनको सुरक्षित रिहाइका लागि पहल गर्नुहोस्।”

कञ्चनपुरका विपिन जोशी इजरायल पुगेको तीन हप्तामै किब्बुत्ज अलुमीममा भएको नरसंहारमा फसेका थिए। द वाल स्ट्रिट जर्नलका अनुसार, विपिनले आक्रमणको क्रममा आफ्नो आश्रय स्थलमा लुकेका साथीहरूको ज्यान बचाएका थिए । उनले झ्यालविहीन कोठामा फ्याँकिएको ग्रिनेड उठाएर फ्याँकिदिएका थिए। पहिलो सफल भए पनि दोस्रो ग्रिनेड विस्फोट हुँदा उनका पाँच साथी गम्भीर घाइते भएका थिए।

साथै, सोही दिन हमासको नेतृत्वमा रहेका लडाकुहरूले दक्षिणी इजरायलमा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com