अमेरिकाबाट सेप्टेम्बरमा नेपाल भित्रिए ९६७९ पर्यटक, अगष्टको तुलनामा ३६११ जना बढी


प्रकाशित मिति : आश्विन २०, २०८२ मंगलबार

काठमाडौँको बौद्धस्थित विश्व सम्पदामा सूचीकृत बौद्धनाथ स्तुपामा घुम्न आएका विदेशी पर्यटक ।

सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक नेपाल भ्रमणमा आएका हुन् ।

आँकडाअनुसार पर्यटकीय सिजनमै पर्यटक आगमन खुम्चिएको छ । यो सङ्ख्या अघिल्लो सेप्टेम्बर २०२४ को तुलनामा १८ दशमलव ३ प्रतिशत कम हो । अघिल्लो वर्ष सेप्टेम्बरमा ९६ हजार ३०२ पर्यटक नेपाल भ्रमणमा आएका थिए । गत अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका थिए ।

बोर्डको तथ्याङ्कअनुसार भारतबाट १५ हजार ५५६ पर्यटक भित्रिएका छन् भने चीनबाट पाँच हजार २३७, अमेरिकाबाट नौ हजार ६७९, श्रीलङ्काबाट तीन हजार १५ र बङ्गलादेशबाट दुई हजार २३० पर्यटक भित्रिएका छन् ।

बोर्डका अनुसार अगष्टमा भारतबाट ३५ हजार ५०५ अर्थात् ४० प्रतिशत पर्यटक भित्रिएका थिए । यस्तै, अगष्ट महिनामा चीनबाट सात हजार ५३३ अर्थात् ८ दशमलव ५, अमेरिकाबाट ६ हजार ६८ अर्थात् ६ दशमलव ८ प्रतिशत, श्रीलङ्काबाट पाँच हजार ९५६ अर्थात् ६ दशमलव ७ प्रतिशत र बङ्गलादेशबाट चार हजार २६२ अर्थात् ४ दशमलव ८ प्रतिशत पर्यटक भित्रिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com