प्रधानमन्त्रीलाई भेटेर राजदूतले दोहोर्‍याए नेपालको शान्तिपूर्ण यात्रामा अमेरिकाको समर्थन


प्रकाशित मिति : आश्विन १, २०८२ बिहीबार

तस्वीर : काठमाडौंस्थित अमेरिकी दूतावास

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले नेपालको अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरूबिच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको हो ।

उक्त भेटवार्तामा प्रधानमन्त्री कार्की र राजदूत थम्प्सनबीच आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद दिइन् । साथै, उनले आगामी दिनमा पनि अमेरिकी सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरिन् ।

सो अवसरमा राजदूत थम्प्सनले अमेरिकी सरकारको तर्फबाट नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गरे । उनले यसअघि जस्तै प्राथमिकताका साथ नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त जनाए ।

अमेरिकी दूतावासका अनुसार राजदूत थम्प्सनले हालैका प्रदर्शनहरूमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपालको अबको शान्तिपूर्ण र लोकतान्त्रिक यात्रामा अमेरिकाको समर्थन दोहोर्‍याएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिका र नेपालबिच ७८ वर्षभन्दा अघि देखिको साझेदारीलाई स्मरण गर्दै दुवै पक्षले व्यापार, आर्थिक वृद्धि, विपद्‌ व्यवस्थापन र नेपालकै सबैभन्दा रूपान्तरणकारी पूर्वाधार साझेदारीका रूपमा रहेको एमसिसी सम्झौताका प्राथमिकताहरूमा छलफल गरेको समेत दूतावासले जनाएको छ ।

दूतावासले उक्त भेटवार्ता र छलफलले अमेरिका र नेपाललाई अझ सुरक्षित, सबल, र समृद्ध बनाउन सहयोग पुर्‍याउने समेत विश्वास लिएको छ ।

राजदूतावासले भनेको छ, “अमेरिका र नेपालबिच ७८ वर्षभन्दा अघि देखिको साझेदारीलाई स्मरण गर्दै दुवै पक्षले व्यापार, आर्थिक वृद्धि, विपद्‌ व्यवस्थापन, र नेपालकै सबैभन्दा रूपान्तरणकारी पूर्वाधार साझेदारीका रूपमा रहेको एमसिसी सम्झौताका प्राथमिकताहरूमा छलफल गर्नुभयो, जसले अमेरिका र नेपाललाई अझ सुरक्षित, सबल, र समृद्ध बनाउन सहयोग पुर्‍याउँछ।”

गत भदौ २३ र २४ गते काठमाडौंसहित देशभर भएको जेनजीको आन्दोलन हिंसात्मक भएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढल्न पुगेको थियो । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २६ शुक्रबार पूर्व प्रधानन्याधीशसमेत रहेकी कार्कीलाई नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए ।

कार्की प्रधानमन्त्रीमा नियुक्त भएपछि दूतावासले नेपालको अन्तरिम सरकारसँग सहकार्य गर्न तयार रहेको बताएको थियो । साथै, अमेरिकाले दुःखको यस घडीमा नेपालसँग शोकमा साथ रहेको पनि विश्वास व्यक्त गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com