नेपालले पायो पहिलो महिला प्रधानमन्त्री, अन्तरिम सरकारको प्रमुखमा सुशीला कार्की


प्रकाशित मिति : भाद्र २६, २०८२ शुक्रबार

नेपालले पहिलो पटक महिला प्रधानमन्त्री पाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार पूर्व प्रधानन्याधीश सुशीला कार्कीलाई नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।

शुक्रबार राष्ट्रपति निवास शीतल निवासमा भएको राष्ट्रपति पौडेल पूर्व प्रधानन्यायाधीश कार्की, जेनजी अभियन्ता तथा कानुनविद्हरूको छलफलपछि प्रधानमन्त्रीमा कार्कीलाई नियुक्ति गर्ने सहमति जुटेको थियो । उनको शपथ ग्रहण ९ बजे तोकिएकोे भएपनि केही समय पर धकेलिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

कार्कीले नेपालको पहिलो महिला प्रधानन्यायाधीश रुपमा इतिहास बनाइसकेकी छिन् । २०७३ साल असारदेखि २०७४ जेठसम्म उनले सर्वोच्च अदालतको नेतृत्व गरेकी थिइन् । कार्की न्यायपालिकामा भ्रष्टाचारविरूद्ध शून्य सहिष्णुताको लागि परिचित छिन्।

गत सोमबारदेखि सुरु भएको जेनजीको आन्दोलन हिंसात्मक भएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढल्न पुगेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com