पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा नेपालको नयाँ सरकार गठन गर्ने सहमति


प्रकाशित मिति : भाद्र २६, २०८२ शुक्रबार

सुशीला कार्की । तस्वीर स्रोत : विकिपिडिया

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नेपालको नयाँ सरकार गठन गर्ने सहमति जुटेको छ ।

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आजै प्रधानमन्त्री पदको शपथ खुवाउने तयारी गरेका छन् ।

शुक्रबार राष्ट्रपति निवास शीतल निवासमा भएको राष्ट्रपति पौडेल पूर्व प्रधानन्यायाधीश कार्की, जेनजी अभियन्ता तथा कानुनविद्हरूको छलफलपछि यस्तो सहमति जुटेको हो । नयाँ सरकार गठनका लागि छलफल गर्न शुक्रबार अपराह्न कार्कीसहितको टोली शीतल निवास पुगेको थियो ।

राष्ट्रपति कार्यालयका अनुसार कार्कीलाई आजै ९ बजे शपथ खुवाउने तयारी भइरहेको छ । शीतल निवासमा भएको सहमतिसँगै कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने भएकी हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com