जुलाईमा ७० हजार बढी विदेशी पर्यटकलाई नेपालको स्वागत, अमेरिकाबाट साढे ६ हजारबढी


प्रकाशित मिति : श्रावण १६, २०८२ शुक्रबार

फाइल तस्वीर । विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भु महाचैत्यको तस्बिर कैद गर्दै विदेशी पर्यटक ।

नेपालले सन् २०२५ को जुलाई महिनामा कूल ७० हजार एक सय ९३ जना विदेशी पर्यटकलाई स्वागत गरेको छ । यो सङ्ख्या अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा ८ दशमलव ७ प्रतिशतले बढी हो ।

नेपाल पर्यटन बोर्डका अनुसार, महामारीपूर्वको अवस्था सन् २०१९ को अप्रिल महिनासँग तुलना गर्दा जुलाई २०२५ मा नेपालले पर्यटक आगमनमा ९९ प्रतिशत रिकभरी गरेको छ । यसले कोभिडपछिको अवरुद्ध पर्यटन क्षेत्रले पुनःलयमा आएको छ ।

सन् २०२५ को जनवरीदेखि जुलाईसम्मको पहिलो सात महिनामा नेपालमा कूल छ लाख ४७ हजार आठ सय ८२ जना विदेशी पर्यटक आगमन भएको छ । जुन महामारीपछिको कुनै पनि वर्षको तुलनामा उच्चतम आगमन हो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले यो सङ्ख्याले नेपालको पर्यटन पुनरुत्थान र विश्वभर फेरि एकचोटि लोकप्रिय गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखाएको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जुलाईमा कूल आगमनमध्ये सबैभन्दा बढी भारतबाट मात्रै २७ हजार एक सय ५२ जना अर्थात् ३८ दशमलव ७ प्रतिशत पर्यटक आएका छन् । दोस्रो स्थानमा चीनबाट छ हजार आठ सय ९० जना (९ दशमलव ८ प्रतिशत), तेस्रोमा अमेरिकाबाट छ हजार छ सय २६ जना (९ दशमलव ४ प्रतिशत), बङ्गलादेशबाट चार हजार चार सय १३ जना (६ दशमलव ३ प्रतिशत) र बेलायतबाट तीन हजार पाँच सय ४७ जना (५ दशमलव १ प्रतिशत) पर्यटकको नेपालमा आगमन भएको छ ।

क्षेत्रीय विश्लेषण गर्दा दक्षिण एसियाली मुलुकहरूबाट सबैभन्दा बढी ३३ हजार सात सय ८७ जना (४८ दशमलव १ प्रतिशत) छन् । अन्य एसियाली मुलुकबाट १३ हजार ५२ जना (१८दशमलव ६ प्रतिशत), युरोपबाट नौ हजार दुई सय ९२ जना (१३ दशमलव २ प्रतिशत), अमेरिकाबाट १२ हजार सात सय ७५ जना (११ दशमलव १ प्रतिशत), ओसिनिया क्षेत्रबाट एक हजार आठ सय सात जना (२ दशमलव ६ प्रतिशत), मध्यपूर्वबाट आठ सय २६ जना (१ दशमलव २ प्रतिशत), अफ्रिकाबाट तीन सय १८ जना (० दशमलव ५ प्रतिशत) र अन्य क्षेत्रबाट तीन हजार तीन सय २९ जना (४ दशमलव ७ प्रतिशत) पर्यटक आगमन भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com