तीन महिनासम्म आयु भएको लामखुट्टेले यस वर्ष ६० हजारलाई डेङ्गु संक्रमण गराउन सक्ने


प्रकाशित मिति : असार २०, २०८२ शुक्रबार

यसवर्ष करिब ६० हजार जना डेङ्गु रोगबाट सङ्क्रमित हुनसक्ने प्रक्षेपण अधिकारीहरुले गरेका छन । इपिडियमोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसवर्ष करिब ६० हजार जना डेङ्गु रोगबाट सङ्क्रमित हुनसक्ने अनुमान गरेको हो ।

अबका चार महिना डेङ्गु सङ्क्रमणको सर्वाधिक जोखिमयुक्त समय भएकोले सतर्क रहन आग्रह गरेको हो । महाशाखाद्वारा आयोजित अन्तक्रिर्यामा विज्ञहरुले डेङ्गुबाट हुने मानवीय क्षति रोक्न लामुखुट्टेको प्रजनन प्रणाली नष्ट गर्ने सर्वाधिक सरल र प्रभावकारी उपाय भएको बताए ।

कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्ण दाहालले डेङ्गु सार्ने प्रजातिको लामखुट्टे नष्ट गर्नका लागि चार महिना भन्दा बढी समय लामखुट्टेको लार्भा र फूल समेतलाई नष्ट गर्ने अभियान चलाउनुपर्ने जानकारी दिए ।

“झुल, धुप वा लामखुट्टे भगाउने अन्य औषधिले घरभित्र काम गरे पनि घर बाहिर निस्किेको बेला भाइरसयुक्त लामुखेट्टले टोकेर सारिदिन सक्छ । त्यसैले स्थानीय पालिकाहरुको समयन्वयमा त्यस्ता लामखुट्टेको फुलसहित सबै चक्र नष्ट गरिदिनुपछ”, उनको भनाइ थियो ।

महाशाखाले १७ जिल्लाका १ सय ४७ पालिकासँग डङ्गु रोगबारे सहकार्य गरिएको जानकारी दिएको छ । महाशाखा निर्देशक डा चन्द्रभाल झाले कतिपय देशमा लामखुटे नियन्त्रण वातावरण मन्त्रालयले जिम्मा लिएर गरेको पनि देखिएको समेत बताए ।

शहरमा वर्षायाम सँगै जता ततै खाडल, ससाना भाँडा र जथाभावि फालिएका टायर पानी जम्ने भएकोले डेंगुको जोखिम अनुमान गरे भन्दा बढने पनि निर्देशक झाले बताए ।

यसवर्ष सरकारले लामखुटे खोजी र नष्ट गर्ने कार्यका लागि आगामी आर्थिक वर्षका लागि १० करोड छुट्याएको छ । एडिस जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने यो रोग, सामान्यतया शितोष्ण र समशितोष्ण क्षेत्रमा फैलिने गरेको छ ।

यद्यपि जलवायु परिवर्तनको प्रभावस्वरुप गएको दशकयता मुलुकका पहाडी भूभागमा समेत विस्तार भएको छ । डङ्गुका बिरामीलाई सो लामखुट्टेले टोकेमा उक्त लामखुट्टे सङ्क्रमित भई स्वस्थ व्यक्तिमा सार्न सक्छ ।

यो लामखुट्टेको आयु १ देखि ३ महिनासम्म हुन्छ । डङ्गु रोग लाग्दा उच्च ज्वरो, कडा खालको टाउको दुखाइ हुने, आँखाको गेडी पछाडि दुख्ने र मांसपेसीको समेत दुखाइ अत्यन्त पीडादायी हुन्छ ।

साथै केहीलाई वाकवाक लाग्ने र वान्ता हुने समेत हुन्छ । सरकारले डेङ्गुसँगै कोभिड र हैजाको जोखिम नफैलियोस भनेर विशेष तयारी गरेको जानकारी पनि उहाँले दिनुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com