बेलायतमा किन बढिरहेको छ शरण खोज्ने आप्रवासीको सङ्ख्या ?


प्रकाशित मिति : जेष्ठ २, २०८२ शुक्रबार

(FILES) UK Border Force vessel ‘Typhoon’, carrying migrants picked up at sea attempting to cross the English Channel from France, arrives at the Marina in Dover, southeast England, on February 9, 2025. The number of asylum seekers has risen sharply in recent years in the United Kingdom, with tens of thousands of applications still waiting to be decided, according to official figures. Labour Prime Minister Keir Starmer announced on May 15, 2025 that he had begun formal talks with unspecified countries to create “return centres” outside the UK for those who have exhausted all legal avenues to remain in the country. Between 2018 and December 2024, 148,000 migrants risked their lives and reached UK shores by this route, according to official figures. Of those, 95 percent applied for asylum, representing 29 percent of all asylum seekers over that period. (Photo by Ben STANSALL / AFP)

बेलायतमा हालैका वर्षहरूमा शरण खोज्नेहरूको सङ्ख्या ह्वात्तै बढेको सरकारी तथ्याङ्कले देखाएको छ। आप्रबासनका लागि दिइएका दशौँ हजार आवेदनहरू अझै निर्णय हुन बाँकी रहेको तथ्याङ्कमा उल्लेख छ ।

बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले बेलायतमा रहनका लागि सबै कानुनी मार्गहरू समाप्त भएकाहरूका लागि बेलायतबाट बाहिर ‘फिर्ती केन्द्र’ हरू सिर्जना गर्न सकियोस् भनी बिहीबार विभिन्न देशहरूसँग औपचारिक वार्ता सुरु गरेको घोषणा गरेका छन् ।

सन् २०२४ मा बेलायतमा शरण माग्नेको सङ्ख्या तीन गुणाले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । यो समयमा ८४ हजार २०० ले शरणार्थीका लागि आवेदन दिएका छन् । सन् २०११ देखि सन् २०२० को बीचमा औसतमा २७ हजार ५०० शरणार्थीले बेलायतमा शरणका लागि आवेदन दिएका थिए ।

सन् २०२२ मा बेलायतमा प्रति १० हजार व्यक्तिमा लगभग १३ जनाले शरणका लागि आवेदन दिएका थिए । ईयूमा यो सङ्ख्या प्रति १० हजार २५ रहेको थियो ।

सन् २०२३ मा बेलायतमा रहेका करिब ११ प्रतिशत आप्रवासी शरणार्थी वा शरणार्थी थिए, जुन सन् २०१९ को छ प्रतिशतको तुलनामा झण्डै दुई गुणा बढी हो ।

आवेदन अस्वीकृत दर सन् २००४ मा ८८ प्रतिशत र सन् २०२२ मा २४ प्रतिशत रहेको थियो भने सन् २०२४ मा ५३ प्रतिशत रहेको थियो ।

सन् २००४ देखि सन् २०२१ को बीचमा, शरणार्थीका लागि लगभग तीन चौथाई आवेदकको प्रारम्भिक अनुरोध अस्वीकार गरिएको थियो । त्यसपछि उनीहरूले सरकारको निर्णयबारे पुनःआवेदन गरेका थिए भने त्यसमध्ये एक तिहाईले शरणार्थीको मान्यता पाउन सफल भएका थिए ।

सन् २०२४ मा शरणार्थीका लागि आवेदन स्वीकृत नभएका नौ हजारभन्दा बढी व्यक्तिलाई देश छोड्न निर्देशन गरिएको थियो । यो सङ्ख्या सन् २०२३ को तुलनामा ३६ प्रतिशतले बढी हो ।

सन् २०२४ मा करिब दुई लाख २४ हजार ७०० मुद्दामाथि सुनुवाई भएको र यसमध्ये ८७ हजार २०० प्रारम्भिक निर्णयको पर्खाइमा रहेका थिए भने एक लाख ३७ हजार ५०० आवेदन प्रारम्भिक अस्वीकारपछि थप कानुनी निरन्तरताका लागि पर्खाइमा थिए ।

यो सङ्ख्या सन् २०२२ देखि घट्दै गएको छ तर सन् २०१४ को तुलनामा चार गुणा बढी छ किनभने प्रारम्भिक निर्णयका लागि लामो समय पर्खनु परेको छ भने ठूलो सङ्ख्यामा मानिसहरू निर्वासनको सामना गरिरहेका छन् ।

सन् २०१८ भन्दा पहिले अस्तित्वमा नै नभएको अस्थायी डुङ्गामा च्यानल पार गर्नेको सङ्ख्या हालैका वर्षहरूमा ह्वात्तै बढेको छ।

सन् २०१८ देखि सन् २०२४ को डिसेम्बरसम्मको अवधिमा एक लाख ४८ हजार आप्रवासीले आफ्नो ज्यान जोखिममा राखेर इङ्लिस च्यानलको बाटो भएर बेलायतको तटीय क्षेत्रमा पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।

तीमध्ये ९५ प्रतिशतले शरणका लागि आवेदन दिएका थिए । यो सङ्ख्या सन् २०१८ देखि सन् २०२४ को डिसेम्बरसम्मको अवधिमा सबै शरण चाहनेमध्ये २९ प्रतिशत हो ।

सन् २०२५ मा करिब १३ हजार आप्रवासीले च्यानल पार गरिसकेका छन्, जुन सन् २०२४ को सोही अवधिको तुलनामा बढी हो ।

सन् २०२४ मा शरण माग्नेको सबैभन्दा ठूलो समूह पाकिस्तानबाट आएकाको रहेको थियो । अघिल्ला वर्षहरूमा मुख्यतया सिरिया र इरानबाट आएका आप्रबासी शरणार्थीको सङ्ख्या बढी हुने गरेको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com