कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा अस्ताइन् ६३ वर्षीया फ्रान्सेली नागरिक


प्रकाशित मिति : बैशाख २९, २०८२ सोमबार

ताप्लेजुङको दक्षिण आधारशिविर सिरिजङ्घा गाउँपालिका–८ स्थित ओक्ताङबाट देखिएको कञ्चनजङ्घा हिमालको दृश्य । ८ हजार ५८६ मिटर उचाइ रहेको कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो हिमाल हो। तस्बिरः दिलकुमार लिम्बू÷रासस

कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति प्राप्त गरी आरोहणमा गएका दुई जना फ्रान्सेली नागरिकमध्ये ६३ वर्षीया मार्गेटा मोरिङको मृत्यु भएको हो ।

सिरीजङ्घा गाउँपालिका–८ स्थित कञ्चनजङ्घा हिमालको दक्षिणी धारबाट वैशाख २६ गते आरोहण सुरु गरेका उनीहरू वैशाख २७ गते राति करिब ११ः०० बजेको समयमा करिब आठ हजार मिटरको उचाइमा पुगेका थिए । त्यही क्रममा मार्गेटाको श्वासप्रश्वासमा समस्या देखिएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फ्रान्सेली आरोही मार्गेटा मोरिङसँगै रहेका गाइड योगेन्द्र तामाङले जानकारी दिएको प्रहरीले जनाएको छ । मृतकको शव समुद्री सतहदेखि करिब सात हजार ५०० मिटर उचाइमा रहेको जनाइएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com