कागजातविना नेपालबाट भारत प्रवेश गर्न खोज्ने ४ चिनियाँ नागरिक पक्राउ


प्रकाशित मिति : बैशाख २६, २०८२ शुक्रबार

भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले बुधबार नेपाल-भारत सीमामार्फत भारतमा घुसपैठ गर्न खोज्ने ४ चिनियाँ नागरिकहरूलाई पक्राउ गरेको छ। यो घटना भारत र पाकिस्तान बीचको तनावपूर्ण स्थिति र हालैको सिन्धुर अभियानको पृष्ठभूमिमा भएको हो।

भारतीय अधिकारीहरूका अनुसार, बिहारको रक्सौल नजिकैको नेपाली सीमाबाट यी चार चिनियाँ नागरिकहरू भारत प्रवेश गर्न खोजिरहेका थिए। तर, एसएसबीले उनीहरूको घुसपैठको प्रयासलाई विफल बनायो। पक्राउ परेका व्यक्तिहरूसँग भारत प्रवेश गर्न आवश्यक कुनै पनि कानुनी कागजातहरू थिएनन्।

पक्राउपछि एसएसबीले चारै जना चिनियाँ नागरिकहरूको पहिचान प्रमाणित गरी स्थानीय प्रहरीलाई जिम्मा लगाएको छ। प्रहरीले थप अनुसन्धान शुरू गरेको बताइएको छ।

गत महिना पहलगाममा भएको आतंकवादी हमलामा २६ पर्यटकको ज्यान गएपछि भारत र पाकिस्तान बीचको तनाव चर्किएको छ। यसैको परिणामस्वरूप भारत-नेपाल सीमामा सुरक्षा व्यवस्था कडा पारिएको छ। सीमामा शंकास्पद गतिविधिहरूको निरीक्षण, जाँच र अनुसन्धानलाई तीव्रता दिइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाल, सीमामा आवतजावत गर्ने सवारी साधनहरूको कडाइका साथ जाँच भइरहेको छ भने नेपाल र भारत आवतजावत गर्ने व्यक्तिहरूको परिचयपत्र, ड्राइभिङ लाइसेन्स र अन्य कागजातहरूको पनि जाँच भइरहेको छ।

पहलगाम हमलाको जवाफमा भारतले मे ७ र ८ मा पाकिस्तान र पाकिस्तान-अधिकृत कश्मीर (पीओके) मा आतंकवादी पूर्वाधारविरुद्ध सटीक हमलाहरू गरेको थियो। यसले क्षेत्रीय तनावलाई थप जटिल बनाएको छ।

एसएसबीका एक अधिकारीले भने, ‘हामी सीमामा कुनै पनि अवैध गतिविधिलाई रोक्न पूर्ण सतर्क छौं। राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै हामीले सीमा क्षेत्रमा कडा निगरानी राखेका छौं।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com