परिवारमा आधारित ग्रिनकार्ड पाउन लाग्ने समय अझ बढ्यो, ३ बर्षदेखि साढे १७ बर्ष


प्रकाशित मिति : माघ १, २०८१ मंगलबार

अमेरिकी विदेश मन्त्रालयको कन्सुलर अफेयर्स ब्यूरोले फेब्रुअरी भिसा बुलेटिन सार्वजनिक गरेको छ, जसले परिवारमा आधारित ग्रिनकार्डको फाइनल एक्सन मिति र फाइलिङ मितिमा कुनै अपडेट गरेको छैन । जसले परिवारमा आधारित ग्रिनकार्डको प्रतिक्षामा रहेका धेरै आवेदकहरुलाई निराश बनाएको छ। फेब्रुअरीका लागि फाइलिङ र फाइनल एक्सन मितिहरू जनवरीका जस्तै छन्, जुन अघिल्लो बुलेटिनको कपी पेस्ट जस्तो छ।

अमेरिकामा ग्रिनकार्ड वाहका दम्पत्ति र २१ वर्षभन्दा कम उमेरका अविवाहित सन्तानको लागि सेप्टेम्बर २०२३ देखि आई १३० पिटिसन र आई ४८५ ग्रिनकार्ड आवेदनको कन्करेन्ट फाइलिङ अनुमति दिइएको छैन। आवेदकहरूले पहिले आई १३० याचिका दर्ता गर्नुपर्नेछ र प्राथमिकता मिति सक्रिय भएपछि मात्र आई ४८५ आवेदन दर्ता गर्न सक्नेछन्। यस परिवर्तनले परिवारलाई पुनः एकत्रित गर्ने आशामा रहेका परिवारहरूमा ढिलाइ र निराशा थपिएको छ।

फेब्रुअरीमा अमेरिकाभित्र हुने अमेरिकी नागरिकका अविवाहित वयस्क सन्तानहरु प्राथमिकता मिति सेप्टेम्बर १, २०१७ भन्दा पहिले भएको खण्डमा आई ४८५ ग्रिनकार्ड आवेदन फाइल गर्न योग्य हुनेछन् । प्राथमिकता मिति जुलाई १५, २०२४ भन्दा पहिले भएका ग्रिनकार्डवाहकका दम्पत्तिहरु र २१ वर्ष भन्दा कम उमेरका अविवाहित सन्तान,
प्राथमिकता मिति जनवरी १, २०१७ भन्दा पहिले भएका ग्रिनकार्ड वाहकका अविवाहित २१ बर्षकाटेका सन्तान, प्राथमिकता मिति जुलाई २२, २०१२ भन्दा पहिले भएका अमेरिकी नागरिकका विवाहित सन्तान, प्राथमिकता मिति मार्च १, २००८ भन्दा पहिले भएका अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरु अमेरिकाभित्रै भएको खण्डमा फेब्रुअरीमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न योग्य हुनेछन् । युएसीआइएसले फेब्रुअरीमा भिसा बुलेटिनको फाइलिङ मितिलाई नै ग्रिनकार्ड आवेदन फाइल गर्ने मितिका रुपमा स्वीकार गर्ने पुष्टी गरेको छ ।

अमेरिकाबाहिरका आवेदकहरूले अमेरिकी दूतावासमा आप्रवासी भिसाको अन्तर्वार्ता पाउनका लागि फाइनल एक्सन मिति कुर्नुपर्छ । जस अनुशार फेब्रुअरीका लागि अमेरिकी नागरिकका अविवाहित वयस्क सन्तानको प्राथमिकता मिति नोभेम्बर २२, २०१५ भन्दा पहिले रहेको छ भने ग्रिनकार्ड वाहकका दम्पपत्ति र २१ वर्षभन्दा कम उमेरका अविवाहित सन्तानको प्राथमिकता मिति जनवरी १, २०२२ भन्दा पहिले रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै ग्रिनकार्ड वाहकका अविवाहित वयस्क सन्तानको प्राथमिकता मिति मे २२, २०१६ भन्दा पहिले रहेको छ भने अमेरिकी नागरिकका विवाहित सन्तानको प्राथमिकता मिति जुलाई १, २०१० भन्दा पहिले रहेको छ । अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीको प्राथमिकता मिति अगस्त १, २००७ भन्दा पहिले रहेको छ ।

अहिले ग्रिनकार्ड धारकका दम्पत्ति र २१ वर्षभन्दा कम उमेरका अविवाहित सन्तानले अमेरिकी दूतावासमा भिसा पाउनका लागि ३ वर्षभन्दा बढीको प्रतिक्षा गरिरहेका छन्। अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुलाई भिसा वा ग्रिनकार्ड प्राप्त गर्नको लागि अहिले १७ वर्ष ५ महिना प्रतिक्षा गर्नु परेको छ । अमेरिकी नागरिकका अविवाहित वयस्क सन्तानलाई ९ वर्ष ३ महिना प्रतिक्षा गर्नु परेको छ भने ग्रिनकार्ड वाहकका अविवाहित वयस्क सन्तानलाई ८ वर्ष ८ महिना प्रतिक्षा गर्नु परेको छ। अमेरिकी नागरिकका विवाहित सन्तानलाई १४ वर्ष ६ महिना प्रतिक्षा गर्नु परेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com