विश्वका शक्तिशाली पासपोर्टको तुलनामा नेपालको पासपोर्ट गतबर्षको तुलनामा कमजोर


प्रकाशित मिति : पुस २५, २०८१ बिहीबार

विश्वका शक्तिशाली पासपोर्टको तुलनामा नेपालको पासपोर्ट गतबर्षको तुलनामा कमजोर देखिएको छ । बुधबार सार्वजनिक हेन्ले पासपोर्ट सूचकांक अनुशार नेपालको पासपोर्ट विश्वका शक्तिशाली पासपोर्टहरुको सुचीमा १०१ नम्बरमा परेको छ । गतबर्ष नेपालको पासपोर्ट ९८ नम्बरमा रहेकोमा यो बर्ष तल खस्केर १०१ मा झरेको हो ।

नेपाली पासपोर्टमा विनाभिसा यात्रा गर्न सकिने गन्तव्यको संख्या ३९ रहेको र गतबर्ष यो संख्या ४० रहेको सुचकांकले देखाएको छ । २०२३ मा भने नेपालको पासपोर्ट १०३ नम्बरमा र २०२२ मा १०५ नम्बरमा रहेको थियो । २०२१ मा भने ११० नम्बरमा रहेको थियो । यद्यपी २०१८, २०१९ र २०२० मा नेपालको पासपोर्ट १०१ नम्बरमा नै रहेको थियो । २०१७ मा ९७ नम्बरमा र २०१६ मा ९८ नम्बरमा रहेको थियो ।

नेपाली पासपोर्ट

नेपाल केबल सोमालिया, यमन, पाकिस्तान, इराक, सिरिया र अफगानिस्तानभन्दामात्र अगाडि रहेको छ । पाकिस्तान र यमन दुबै १०३ नम्बरमा रहेकाले नेपाल विश्वका कमजोर पासपोर्टहरुमा छैठौं नम्बरमा रहेको छ । बंगालादेश, उत्तर कोरिया, सुडान, श्रीलंका, इरान लगायतका देशका पासपोर्टले पनि नेपालको पासपोर्टलाई उछिनेका छन् ।

विश्वमा सबैभन्दा शक्तिशाली पासपोर्ट भने सिगापुरको रहेको छ । सिगापुरको पासपोर्ट वाहकलाई १९५ गन्तव्यमा जान भिसा फ्रि रहेको छ । त्यस्तै दोश्रोमा जापान, तेश्रोमा फिनल्याण्ड, फ्रान्स, जर्मनी, इटली, दक्षिण कोरिया र स्पेन रहेका छन् । चौथोमा अष्ट्रिया, डेनमार्क, आयरल्याण्ड, लक्जेम्बर्ग, नेदरल्याण्ड, नर्वे र स्वीडेन रहेका छन् । पाँचौंमा बेल्जियम, न्युजिल्याण्ड, पोर्चुगल, स्वीट्जरल्याण्ड र यूके रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

छैठौं नम्बरमा रहेका छन् अष्ट्रेलिया र ग्रिस । सातौं नम्बरमा भने क्यानडा, माल्टा र पोल्याण्ड छन् । आठौं नम्बरमा चेकिया र हंगेरी छन् भने अमेरिका र इस्टोनिया नवौं नम्बरमा छन् । दशौं नम्बरमा रहेका छन् लाटभिया, लिथुवानिया, स्लोभेनिया र युएई ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com