आफ्ना देशका नागरिक अमेरिकामा पक्राउ परे अलर्ट पठाउने सक्ने एप बनाउदै मेक्सिको


प्रकाशित मिति : पुस १४, २०८१ आईतबार

person in black and orange long sleeve shirt holding black pen

अमेरिकी आप्रवासन अधिकारीहरूले मेक्सिकन नागरिकहरुलाई अमेरिकामा पक्राउ गरेको खण्डमा उनीहरुले आफन्त र मेक्सिकन दूतावासमा अलर्ट पठाउनसक्ने गरी मेक्सिकोले एप्लीकेशन बनाउने भएको छ । उनीहरुलाई अमेरिकी आप्रवासन अधिकारीहरूले पक्राउ गरेमा नजिकको मेक्सिकन महावाणिज्य दूतावासलाई स्मार्टफोन एपमार्फत तुरुन्तै सूचित गर्न सक्नेछन् ।

डोनाल्ड ट्रम्पको सामूहिक निर्वासन योजनाहरूको बीचमा मेक्सिकोका राष्ट्रपति क्लाउडिया शिनबामको प्रशासनबाट अमेरिकी भुमिमा रहेका मेक्सिकन नागरिकहरूको मानव अधिकारको संरक्षण गर्ने बताइहँदा यो घोषणा आएको हो । मेक्सिकोका विदेश मन्त्री हुआन रामोन दे ला फुएन्तेले पत्रकार सम्मेलनमा आपतकालीन सूचना दिने यो एप जनवरीमा सुरू हुने बताएका छन् ।

मेक्सिकोको कानूनी सुरक्षा कार्यक्रम अन्तर्गत अमेरिकी ५३ महावाणिज्य दूतावासहरूमा ३२९ कानूनी सल्लाहकारहरू छन्। यसबाहेक, विभिन्न सल्लाहकार र कानूनी फर्महरूले स्वेच्छिक रूपमा सहयोग गर्नेछन्।

ट्रम्पले आफ्नो सामूहिक देशनिकालाको योजनामा कागजातविहिन आप्रवासीका बालबालिकाहरू समेत पर्ने र नयाँ हिरासत शिविरहरू निर्माण गरिने बताएका छन्। झन्डै दुई दर्जन रिपब्लिकन गभर्नरहरुले राज्य सुरक्षा निकायहरू वा नेशनल गार्ड प्रयोग गरेर सामूहिक देशनिकालामा सहयोग गर्ने बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसले अधिकार समूहहरूलाई चिन्तित बनाएको छ। मेक्सिकोले अमेरिकी भूमिमा जन्मिएका आफ्ना नागरिक बालबालिकाहरूलाई महावाणिज्य दूतावासहरूमा दर्ता गर्न सबैलाई प्रोत्साहित गर्दैछ।

यद्यपी यी सामूहिक देशनिकालाको योजनाहरूले धेरै प्रक्रियागत चुनौतीहरूको सामना गर्नुपर्नेछ। यी योजनाहरू लागू गर्न १५० देखि ३५० अर्ब अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ। अहिले अमेरिकासँग लाखौं मानिसहरूलाई निर्वासन प्रक्रियामा राख्नका लागि पर्याप्त हिरासत कक्षहरू छैनन्।

ट्रम्पले गएको महिनामा शिनबामसँग अमेरिकामा आप्रवासन रोक्नका लागि छलफल गरेको बताएका थिए। ट्रम्पले सामाजिक सञ्जाल पोस्टमा शिनबामसँग उत्कृष्ट छलफल भएको दाबी गर्दै उनले मेक्सिकोबाट अमेरिका प्रवेश गर्ने आप्रवासन रोक्न सहमति जनाएको उल्लेख गरेका थिए। तर, शिनबामले भने मेक्सिकोको आप्रवासन रणनीतिबारे छलफल भएको बताउँदै मध्य अमेरिकी आप्रवासी लस्करलाई उत्तर सीमा पुग्न नदिई मेक्सिकोमै व्यवस्थापन गरिएको जानकारी दिएकी थिइन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com