अमेरिकी नागरिकता अन्तरवार्तामा बदलिँदैछन् यी प्रश्नहरुको जवाफ


प्रकाशित मिति : पुस ८, २०८१ सोमबार

अमेरिकी नागरिकताको अन्तरवार्तामा विभिन्न प्रश्नहरुको उत्तरहरु बदलिंदैछन् । गत नोभेम्बरमा सम्पन्न चुनावका कारण अमेरिकी नागरिकता अन्तरवार्तामा सोधिने केही प्रश्नका जवाफहरु बदलिदै छन् ।

अमेरिकी नागरिकता अन्तरवार्तामा सोध्न सकिने तपाईको राज्यको एकजना सिनेटरको नाम भन्नुहोस् ? भन्ने प्रश्नको जवाफ आगामी जनवरी ३ पछि बदलिनसक्छ । किनभने नोभेम्बरमा ३३ वटा सिनेटको सिटका लागि चुनाव भएको थियो भने थप सिनेटको १ सिटका लागि विशेष चुनाव भएको थियो । एरिजोना, क्यालिफोर्निया, डेलावर लगायतका कैयन राज्यमा नयाँ सिनेटरहरु निर्वाचित भएका छन् ।

आफ्नो राज्यबाट प्रतिनिधित्व गर्ने सिनेटरको नाम थाहा पाउन यहाँ क्लिक गर्नुहोला । अनि वेवसाइटको सुरुमा रहेको ‘फाइण्ड योर सिनेटर’मा क्लिक गर्नुहोला ।

त्यस्तै तपाईको डिस्ट्रिक्टबाट प्रतिनिधित्व गर्ने अमेरिकाको प्रतिनिधिसभा सदस्यको नाम के हो ? भन्ने प्रश्नको जवाफ जनवरी ३ पछि पनि बदलिनसक्छ । किनभने नोभेम्बरको चुनावबाट कैयन नयाँ अनुहारहरु पनि निर्वाचित भएका छन् । त्यसका लागि तपाईले यो वेवसाइटमा गएर आफ्नो क्षेत्रको जीप कोड हाल्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तपाईको राज्यको गभर्नरको नाम के हो ? भन्ने प्रश्नको जवाफ पनि बदलिन सक्छ । नोभेम्बरमा ११ राज्य र २ अमेरिकन टेरेटोरीमा भएको चुनावमा निर्वाचित हुने नयाँ अनुहारहरु पनि रहेका छन् । तपाईले आफ्नो राज्यको गभर्नर थाहा पाउन यो लिंकमा क्लिक गर्नुहोला ।

अमेरिकी राष्ट्रपति को हुन् ? भन्ने प्रश्नको जवाफ पनि आगामी जनवरी २० मा बदलिनेछ ।  जनवरी २० पछि अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्नेछन् ।   त्यस्तै अमेरिकी उपराष्ट्रपति को हुन् ? भन्ने प्रश्नको जवाफ पनि जनवरी २० मा नै बदलिनेछ । जनवरी २० पछि अमेरिकी उपराष्ट्रपतिमा जेडी भान्सले पदभार ग्रहण गर्नेछन् ।

अमेरिकी राष्ट्रपतिको राजनीतिक दल कुन हो ? भन्ने प्रश्नको जवाफ पनि आगामी जनवरी २० मा बदलिनेछ । जनवरी २० पछि उक्त प्रश्नको जवाफ रिपब्लिकन पार्टी हुनेछ ।

अमेरिकी नागरिकता अन्तरवार्तामा जवाफ बदलिन सक्ने प्रश्नहरु यस्ता रहेका छन् । जसको जवाफ अमेरिकामा हुने चुनावी परिणाम र अन्य परिघटनासँगै बदलिन सक्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com