बाल्यकालमा अमेरिका आएर कम्तीमा १७ बर्षदेखि कागजातविहीन ४० नेपाली शंका र त्रासमा


प्रकाशित मिति : पुस ८, २०८१ सोमबार

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाल्यकालमा अमेरिका आएर कागजातविहीन भएपछि डिफर्ड एक्सन फर चाइल्डहुड हराइभल अर्थात् डाकाले समेटेका कागजातविहीन आप्रवासीहरुलाई अमेरिकामा बस्न दिने बताउन थालेपनि विगतमा यो कार्यक्रम अन्त्य गर्नका लागि ट्रम्पले चालेको कदमका कारण डाकाले समेटका आप्रवासीहरु यतिबेला शंका र त्रासमा रहेका छन् । अमेरिकी सरकारको युएससीआईएसले बाल्यकालमा अमेरिका आएर अध्यागमन स्टाटस गुमाएपछि डाकाले समेटेर देशनिकाला हुनबाट बचेका नेपालीहरु ४० जना रहेको जनाएको छ ।

यस अगाडि २०२१ को तथ्यांकमा बाल्यकालमा अमेरिकामा छिरेर कागजपत्रविहिन भएकाहरुलाई अमेरिकामा बस्न र काम गर्न अनुमति दिने डिफर्ड एक्सन फर चाइल्डहुल अराइभल अर्थात् डाका कार्यक्रम अन्तरगत ५० जना नेपालीहरु संरक्षित रहेको तथ्यांक रहेको थियो भने २०१८ को तथ्यांकमा ६० थियो । उनीहरु १६ बर्ष उमेर नपुग्दै अमेरिकामा आएका र सन् २००७ वा त्यो भन्दा अगाडि देखि अमेरिकामा लगातार बस्दै आएकाहरु हुन् । साथै सन् २०१२ को जुनसम्म ३१ बर्ष ननाघेकाहरु हुन् ।

उनीहरुलाई बाबुआमाले सन् २००७ भन्दा अगाडि १६ बर्ष नपुग्दै विभिन्न भिसामा वा अन्य तरिकाबाट अमेरिकामा ल्याएका थिए । त्यसपछि उनीहरु अमेरिकामा कागजपत्रविहिन भएका थिए ।

बाल्यकालमा अमेरिका छिरेकाहरुलाई अमेरिकामा डिपोर्टेशनको डरविना बस्न र कामगर्न अनुमति प्रदान गर्ने यो कार्यक्रम सन् २०१२ मा तत्कालिन अमेरिकी राष्ट्रपति बराक ओबामाले ल्याएका थिए ।बालबालिकाको रूपमा अमेरिकामा ल्याइएका कागजातविहीन आप्रवासीहरूलाई अस्थायी राहत प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको थियो, जसलाई प्राय ड्रीमरहरू भनेर वर्णन गरिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डाका कार्यक्रमलाई डोनाल्ड ट्रम्पले समाप्त पार्न खोज्दा अदालतले रोकेको थियो । त्यस्तै जो बाइडेनले डाका कार्यक्रमलाई संरक्षण गर्ने थप नीति ल्याएकोमा त्यसलाई कार्यान्वयनमा पनि अदालतले रोकेको थियो । अदालतको निर्णयले सरकारलाई कार्यक्रमको लागि नयाँ आवेदनहरू अनुमोदन गर्नबाट रोकेको थियो तर मुद्दा चलिरहेको बेला हालका डाकावाहकलाई स्टाटस जारी राख्न अनुमति दिएको थियो ।

एकजना डाकाले समेटेका नेपाली, जो अहिले ४० बर्ष नाघिसकेका छन्, उनले भने – ‘बाइडेन कार्यकालमा डाकाले समेटेका हामीलाई ग्रिनकार्डको बाटोमा लगिने आश्वासन दिइएको थियो । तर त्यो आश्वासन पूरा भएन । विगतमा डाका समाप्त पार्न खोजेका ट्रम्पले अहिले डाकामा रहेकाहरुलाई अमेरिकामा बस्न दिने बताएका छन् । विगतमा जो बाइडेनले आश्वासन पूरा नगरेको अवस्थामा ट्रम्पको भनाईप्रति पनि आश्वस्त हुनसक्ने अवस्था छैन । हामी त्रास र शंकामा बाँच्न बाध्य भएका छौं ।’

उनले अगाडि भने -‘हामीले अमेरिकामा नै अध्ययन गर्यौं । अमेरिकामा नै जागिर खायौं । नेपाल नफर्केको २० बर्षभन्दा बढी समय भइसक्यो । बाल्यकाल र जवानी सबै अमेरिकालाई नै दियौं । तर अहिले देशनिकालाको जोखिममा बाँच्नुपरेको छ ।’

आप्रवासी अधिकारकर्मीहरुले बारम्बार संसदसमक्ष डाकाप्राप्तकर्ताहरूलाई सुरक्षा प्रदान गर्न आग्रह गरेका छन्, तर ती प्रयासहरू असफल भएका छन्। डेमोक्र्याट र रिपब्लिकनहरूले अमेरिकामा बालबालिकाको रूपमा ल्याइएका हजारौं कागजातविहीन आप्रवासीहरूप्रति सहानुभूति राखेका छन्, जसमध्ये धेरैजना १० वर्षभन्दा कम उमेरका थिए। तर डेमोक्र्याट र रिपब्लिकनबीच उनीहरुका विषयमा द्विपक्षीय सम्झौता हासिल गर्न कठिन भएको छ ।

कभर तस्वीर एआईबाट जेनेरेट गरिएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com