ट्रम्पकी बुहारी लारा किन पछाडि हटिन ? कारण यस्तो रहेछ


प्रकाशित मिति : पुस ७, २०८१ आईतबार

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पकी बुहारी लारा ट्रम्पले सिनेटको सिटका लागि प्रतिश्पर्धा नगर्ने बताएकी छन । उनले आफ्नो नाम हटाउने निर्णय गरेको बताएकी छन ।

रिपब्लिकन नेशनल कमिटी (आरएनसी) को सह अध्यक्षको पदबाट उनले यसै महिना राजीनामा दिएकी थिइन । त्यसै कारण उनले फ्लोरिडाका रिपब्लिकन सेनेटर मार्को रुबियोलाई प्रतिस्थापन गर्ने संभावना बढाएको थियो ।

रुबियोलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेश मन्त्रीको रूपमा मनोनयन गरिसकेका छन । तर एक पोस्टमार्फत लारा ट्रम्पले धेरै सोच विचार, मनन, र धेरै व्यक्तिहरूको सुझावपछि आफ्नो नाम हटाउने निर्णय गरेको बताएकी छन ।

उनले फ्लोरिडाका गभर्नर रोन डेसान्टिसलाई शुभकामना दिएकी छन । रुबियोको ६ वर्षे कार्यकाल, जुन २०२६ मा समाप्त हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जीवनकालको सबैभन्दा जोखिमपूर्ण निर्वाचनमा आरएनसीको सह अध्यक्षको रूपमा सेवा गर्न पाउनु मेरो लागि ठूलो सम्मानको कुरा थियो, र मलाई विशेषगरी फ्लोरिडा राज्यका जनताबाट देखाइएको अद्भुत समर्थनले अत्यन्तै खुशी बनाएको छ ट्रम्प ले आफनो पोष्टमा भनेकी छन ।

उनले जनवरीमा एउटा ठूलो घोषणा गर्ने उल्लेख गरेकी छन तर त्यसबारेमा केहि बताएकी छैनन ।

लारा ट्रम्प यस वर्ष मार्चमा आरएनसीको सह अध्यक्षको रूपमा निर्वाचित भएकी थिइन् । जसले पार्टीमा उनका ससुरा डोनाल्ड ट्रम्पको प्रभावलाई थप मजबुत बनाएको थियो।

उनले आफ्ना पति एरिक ट्रम्प, र जेठा भिनाजु डन जुनियरसँगै निर्वाचनको अभियानमा रिपब्लिकन उम्मेदवारको प्रमुख सहयोगीको रूपमा महत्वपूर्ण भूमिका खेलेकी थिइन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com