संयुक्त राष्ट्रसङ्घ भन्छ : गाजामा २० लाखभन्दा बढी मानिस फसे


प्रकाशित मिति : पुस ६, २०८१ शनिबार

Palestinians walk on a dirt road lined with building rubble in the Shujaiya neighbourhood of Gaza City on October 7, 2024, on the first anniversary of the ongoing war in the Gaza Strip between Israel and the Palestinian Hamas group. (Photo by Omar AL-QATTAA / AFP)

इजरायलले लगातार हमला गरिरहेको गाजामा २० लाख भन्दा बढी मानिसहरू फसेका तथ्य बाहिर आएको छ ।

गाजामा अहिले फेरी मौसमको प्रतिकुलता थपिएको छ । धरै मानिसहरु जाडो सुरु भएपनि अभावका कारण गर्मी मै लगाउने एकसरो लुगा लगाएर हिड्न बाध्य भएका छन ।

संयुक्त राष्ट्र सङ्घको राहत र कार्य एजेन्सी (युएनआरडब्लुए ) का आपतकालीन अधिकारी लुइस वाटरिजले बताएका हुन ।

युएनआरडब्लुएले हालैका दिनहरूमा गाजामा खराब अवस्था जारी रहने अपेक्षा गरेको छ । यसका बाबजुद पनि एजेन्सीलाई आश्रय सहायताभन्दा खानालाई प्राथमिकता दिन बाध्य पारिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच, संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय बाल आपतकालीन कोष (युनिसेफ) ले गाजाका बालबालिकामा जारी सङ्कटको असरप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।

गाजामा युनिसेफका प्रमुख सञ्चार अधिकारी रोसालिया बोलिनले बालबालिकाको एउटा पुस्ताले आफ्नो अधिकारको गम्भीर उल्लङ्घन र आफ्नो भविष्यको विनाशको पीडा भोगिरहेको कुरा प्रकाश पारे ।

चौध महिनाभन्दा बढी समयदेखि बालबालिका विपद्को छेउमा बाँचिरहेका छन् । जसमा १४ हजार ५०० भन्दा बढी बालबालिकाको मृत्यु भएको र हजारौं घाइते भएका छन् ।

युनिसेफले पनि जाडो सुरु हुने बित्तिकै स्थिति खराब हुने चेतावनी दिएको छ । गाजाका बालबालिकाहरू चिसोको सामना गरिरहेका छन् । धेरैले अझै गर्मीको लुगा लगाएर खाली खुट्टा हिंडिरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com