विदेशमा अपराध गरेर आउनेलाई एसाइलमका लागि अयोग्य बनाउने बाइडेन प्रशासनको कडा नियम


प्रकाशित मिति : पुस ३, २०८१ बुधबार

कार्यकालको झण्डै १ महिना बाँकी रहँदा बाइडेन प्रशासनले एसाइलमलाई अझ कडा बनाउने अन्तिम नियम ल्याएको छ । आज बुधबार प्रकाशित उक्त नियम अनुशार आप्रवासीहरु अमेरिका प्रवेश गर्ने बित्तिकै लिइने एसाइलम स्क्रीनिंग अन्तरवार्ताका क्रममा अधिकारीहरुले उक्त व्यक्तिमाथि लगाइने एसाइलमको प्रतिबन्धबारे विचार गर्न सक्नेछन् ।

आप्रवासी भर्खरै अमेरिकामा छिर्ने बित्तिकै वा प्रायः हिरासतमा भएका बेला लिइने उक्त अन्तरवार्ताका क्रममा सामान्यतया उनीहरुलाई प्रतिनिधित्व गर्ने वकिलहरु हुँदैनन्। एसाइलमको यो नयाँ नियमले प्रतिबन्धको अधिनमा रहेका आप्रवासीहरुको अदालती सुनुवाईलाई समेत अस्वीकार गर्नेछ ।

नयाँ नियमको परिवर्तनले एसाइलम अधिकारीहरूलाई क्रेडिबल फियर प्रक्रियाको प्रारम्भिक चरणमा नै अपराधको पृष्ठभूमि भएका र राष्ट्रिय सुरक्षामा खतरा भएका आवेदकले गरेका एसाइलमका दावीहरुलाई अस्वीकार गर्ने अनुमति दिनेछ । अर्थात् विगतमा अपराधको पृष्ठभूमि भएकाहरुलाई यो नियमले शीघ्र देशनिकालाका लागि प्रकृयालाई सहज बनाउनेछ । यो नियम जनवरी १७ देखि लागु हुनेछ ।

यो नियमले आपराधिक रेकर्ड भएका आप्रवासीहरूलाई वा अन्य तरिकाले शरणको लागि अयोग्य मानिनेहरूलाई तीब्र गतिको देशनिकालाको प्रकृयामा राख्नेछ । यो नियमले राष्ट्रिय सुरक्षा जोखिमहरू निम्त्याउनेहरुलाई निशाना बनाउने छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एसाइलमका लागि अनुरोध गर्ने पहिलो चरण क्रेडिबल फियर अन्तर्वार्ता हो, जहाँ एक आप्रवासीले स्वदेश फिर्ता भएमा ज्यानको जोखिम भएको डरको घोषणा गर्नुपर्छ । नयाँ नियमले त्यही चरणमा नै अधिकारीहरूलाई उक्त व्यक्ति राष्ट्रिय सुरक्षा खतरा भए नभएको निर्धारण गर्न राष्ट्रिय सुरक्षा र आपराधिक न्यायको डाटामा उनीहरुको विवरण क्रस चेक गर्न अनुमति दिनेछ । यदि खतरा देखिएमा उनीहरूलाई समीक्षा प्रक्रियाको प्रारम्भिक चरणमा नै देश निकाला गर्न सकिनेछ ।

सिमाक्षेत्रमा विना भिसा प्रवेश गरेका आप्रवासीहरुको समूह ।  (प्याट्रिक टी. फलोन / एएफपी )

अहिलेसम्मको प्रावधान अन्तर्गत सीमामा आइपुगेको आप्रवासीको क्रेडिबल फियर अन्तरवार्ताबाट प्रारम्भिक स्क्रीनिंग गरिन्छ । उनीहरूसँग आपराधिक पृष्ठभूमि भए पनि वा उनीहरुबाट सुरक्षा जोखि भएपनि प्रक्रिया जारी राख्न अनुमति दिइन्छ। अध्यागमन अदालतका न्यायाधीशले पछि त्यो आप्रवासी शरणको लागि योग्य भए नभएको निर्धारण गर्छन् ।

नयाँ परिवर्तनले प्रारम्भिक स्क्रिनिङ चरणमा न्यायाधीशको निर्णय नपर्खी एक अधिकारीले नै देशनिकालाको प्रकृयामा लैजान सक्नेछन् । नयाँ प्रस्तावले आप्रवासीहरूको तुलनात्मक रूपमा सानो समुहलाई असर गर्ने जनाइएको छ ।

गत मेमा बाइडेन प्रशासनले प्रस्तावित नियम निर्माणको सूचना जारी गरेको थियो। प्राप्त सार्वजनिक टिप्पणीहरूको सावधानीपूर्वक विचार पछि प्रस्तावित नियामक पाठमा ठोस परिमार्जन नगरिएको तर स्पष्ट संशोधनहरू गरिएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ। यस अन्तिम नियममा नयाँ वा पूरक तर्क प्रतिबिम्बित भएको बाहेक प्रस्तावित नियम प्रस्तावनामा प्रदान गरिएको तर्क मान्य रहने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको भनाई छ ।

अमेरिकाको संघीय कानूनले पहिले नै राष्ट्रिय सुरक्षा वा सार्वजनिक सुरक्षा जोखिममा पार्ने व्यक्तिहरूलाई शरण प्राप्त गर्न र देशनिकालाबाट संरक्षण प्रदान गर्न रोक लगाएको छ । विशेष गरी गम्भीर अपराधको दोषी ठहरिएकाहरु र अमेरिका बाहिर गम्भीर गैर राजनीतिक अपराध गरेकाहरु यस्तो रोकको अधिनमा छन् । अवस्थित नियमहरूले एसाइलम अधिकारीहरूलाई प्रारम्भिक स्क्रीनिंग निर्धारणको क्रममा यी प्रतिबन्धहरु लागू गर्नबाट रोकेको थियो। तर यो अन्तिम नियमले एसाइलम अधिकारीहरूलाई क्रेडिबल फियर स्क्रीनिंगको समयमा नै यसबारे विचार गर्ने अधिकार दिन्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com