सिधै युएससीआईएसबाट लगभग एसाइलम पाउन छाडे नेपालीले, अदालतबाट भने उच्च रेकर्ड


प्रकाशित मिति : पुस १, २०८१ सोमबार

अमेरिकामा सिधै युएससीआईएसबाट नेपालीहरुले लगभग एसाइलम पाउन छाडेका छन् । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले युएससीआईएसबाट सिधै एसाइलम स्वीकृत हुने नेपालीको संख्या २०२३ मा जम्मा २० जनामात्र रहेको खुलासा गरेको छ । नेपालमा माओवादी युद्ध समाप्त भएको लामो समय भइसक्दापनि माओवादीका कारण नै नेपाल फर्कन खतरा रहेको भन्दै अहिलेपनि नेपालीहरुले अमेरिकामा शरणका लागि आवेदन दिने भएकाले उनीहरुको आवेदन युएससीआईएसबाट स्वीकृत हुन छाडेको हो ।

त्यो अगाडि आर्थिक बर्ष २०२२ मा १० जना रहेका थिए, जुन सन् १९९७ यताकै कम रेकर्ड हो । २०२१ मा २० जना र २०२० मा २० जना नेपालीहरुले युएससीआईएसबाट सिधा एसाइलम पाएका थिए । आर्थिक बर्ष २०१९ मा युएससीआईएसबाटै एसाइलम स्वीकृत हुने नेपालीहरु ४० जना रहेका थिए ।

सन् २००० मा युससीआइएसबाटै एसाइलम पाउने नेपालीको संख्या १८ मात्र रहेको थियो भने सन् २००१ मा २१ रहेको थियो । त्यसपछि सन् २००२ मा ६९ जना नेपालीहरुले युएससीआईएसबाटै एसाइलम पाएका थिए । सन् २००२ मा माओवादी जनयुद्ध उत्कर्षमा पुगेको थियो भने मुलुकमा संकटकाल लागु भएको थियो ।

जनयुद्ध उत्कर्षमा पुग्दै गर्दा अमेरिकामा एसाइलम पाउने नेपालीहरुको संख्या पनि बढ्दै गयो । सन् २००३ मा युएससीआइएसबाटै एसाइलम पाउने नेपालीहरु १४२, सन् २००४ मा १६३, सन् २००५ मा २२८ र सन् २००६ मा २११ जना नेपालीहरुले युएससीआईएसबाटै एसाइलम पाए । सन् २००६ मा माओवादी शान्ति प्रकृयामा आएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २००७ मा २८३, सन् २००८ मा ३४९ र सन् २००९ मा ५ सय जना नेपालीहरुले युएससीआईएसबाटै एसाइलम प्राप्त गरे । सन् २०१० मा ४०८ र सन् २०११ मा ४१५ जना नेपालीहरुले युएससीआईएसबाटै एसाइलम प्राप्त गरे । त्यसपछि सन् २०१२ मा ५८० जना नेपालीहरुले युएससीआईएसबाटै एसाइलम प्राप्त गरेका थिए ।

त्यसपछि भने युएससीआईएसबाटै एसाइलम प्राप्त गर्ने नेपालीहरुको संख्या घट्दै गयो । सन् २०१३ मा ४६८, सन् २०१४ मा २५७, सन् २०१५ मा ३५४, सन् २०१६ मा २३८, सन् २०१७ मा १४९, सन् २०१८ मा ९७ जना नेपालीहरुले युएससीआईएसबाट एसाइलम पाए ।

सन् २००० भन्दा अगाडि युएससीआईएसबाट एसाइलम स्वीकृत हुने नेपालीहरुको संख्या निकै कम रहेको थियो । सन् १९९९ मा १३ जना, सन् १९९८ मा १७ जना, सन् १९९७ मा ३ जना र सन् १९९६ मा ४ जना नेपालीहरुले युएससीआईएसबाटै एसाइलम प्राप्त गरेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।

युएससीआईएसबाट सिधै एसाइलम स्वीकृत हुने नेपालीहरुको संख्यामा गिरावट आएपनि अध्यागमन अदालतबाट एसाइलम स्वीकृत हुने नेपालीहरुको संख्यामा भने उच्च रेकर्ड कायम भएको छ । सन् २०२३ मा ६०१ जना नेपालीहरुको एसाइलम स्वीकृत भएको एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांकमा उल्लेख छ । आर्थिक बर्ष २०२४ मा भने यो संख्या ४९३ रहेको छ । सन् २०२२ मा ४८८ जना नेपालीहरुको एसाइलम अध्यागमन अदालतबाट स्वीकृत भएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकमा उल्लेख थियो ।

कोरोना महामारीका कारण आर्थिक बर्ष २०२० र २०२१ मा अमेरिकी अध्यागमन अदालतबाट एसाइलम पाउने नेपालीहरुको सख्या अत्यन्तै कम भएको थियो । अदालतका सुनुवाईहरु स्थगित भएका कारण २०२१ मा जम्मा १४३ जना नेपालीहरुले अमेरिकी अध्यागमन अदालतबाट एसाइलम पाए । त्यस्तै २०२० मा अमेरिकी अध्यागमन अदालतबाट एसाइलम पाउने नेपालीहरु ३०८ मात्र रहेका थिए ।

सन् २०१९ मा भने अमेरिकी अध्यागमन अदालतबाट एसाइलम स्वीकृत हुने नेपालीहरुको संख्यामा रेकर्ड ब्रेक भएको थियो । उक्त बर्ष इतिहासमा नै सबैभन्दा धेरै ६०६ जना नेपालीहरुको अमेरिकाको अध्यागमन अदालतले एसाइलम स्वीकृत गरिदियो । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुशार सन् २०१८ मा ४७०, सन् २०१७ मा २९०, सन् २०१६ मा २६०, सन् २०१५ मा २५०, सन् २०१४ मा २९२, सन् २०१३ मा ३८१ जना नेपालीहरुले अमेरिकी अध्यागमन अदालतबाट एसाइलम पाएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com