बिल पारित नभए शनिबार मध्यरातपछि अमेरिकी सरकार शटडाउन, अध्यागमनमा कस्तो असर?


प्रकाशित मिति : पुस १, २०८१ सोमबार

Photo by Ting Shen/Xinhua)

अस्थायी बजेट बिल पारित हुन नसकेमा शनिबार मध्यरात पछि अमेरिकी सरकार शटडाउन हुनेछ । बिल पारित भएमा भने कानुनले सरकार शटडाउनको समयसीमा तीन महिना पछि धकेल्नेछ । सांसदहरूले सप्ताहन्तमा सहमतिपछि बिल ल्याउने अपेक्षा गरिएको थियो। तर किसानहरूका लागि आर्थिक सहायता वार्ताको मुख्य बिन्दुको रूपमा देखा पर्दा सहमति कायम हुन सकेन ।

यदि सरकार शटडाउन भएमा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका चार मध्ये झन्डै तीनजना कर्मचारीहरुले विना पेचेक काम जारी राख्न आवश्यक हुनेछ। अर्थात् झण्डै १ लाख ८५ हजार कर्मचारीहरुले तलब नपाएपनि काम गर्नुपर्नेछ । जसमा कानून प्रवर्तन अधिकारीहरू, विश्लेषकहरू, अन्वेषकहरू र प्रकोप प्रतिक्रिया अधिकारीहरू लगायत छन् । त्यस्तै सिमानाको सुरक्षामा खटिनेहरु, गैरकानूनी रूपमा अमेरिकामा प्रवेश गरेका व्यक्तिहरूलाई प्रशोधन गर्ने, हिरासतमा राख्ने र हटाउने अधिकारीहरु, फेन्टानिल जस्ता अवैध लागूऔषध बरामद गर्नेहरु लगायतले पनि काम जारी राख्नुपर्नेछ ।

त्यस्तै युएससीआईएस आवेदन शुल्कबाट चल्ने एजेन्सी भएकाले सरकार शटडाउन भएपनि युएससीआईएसको काम कारवाही निरन्तर हुनेछ । तर ई भेरिफाई, ई बी फाइभ आप्रवासी लगानीकर्ता क्षेत्रीय केन्द्र कार्यक्रम जस्ता कार्यक्रमहरु भने सरकार शटडाउनको अवधिमा बन्द हुन सक्नेछन् । सरकार शटडाउनको अवधिमा ई भेरिफाई बन्द भएमा रोजगारदाताहरूले रिमोट फारम आई ९ कागजात प्रमाणीकरणको लागि नयाँ वैकल्पिक कागजात समीक्षा प्रक्रिया प्रयोग गर्न जारी राख्न सक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डिपार्टमेन्ट अफ स्टेटबाट संचालन हुने भिसा र राहदानी जारी हुने काम पनि रोकिने छैन । किनभने यो पनि आवेदकको शुल्कबाट संचालित छ । तर यदि कुनै विशेष पोस्टहरु आवेदन शुल्कबाटमात्र सञ्चालन हुन नसक्ने अवस्था भएमा ती पोस्टहरूले सामान्यतया कूटनीतिक भिसा र आपतकालिनहरू भिसाहरुमात्र ह्यान्डल गर्नेछन्।

सरकार शटडाउन भएमा अध्यागमन अदालतहरु प्रभावित हुनेछन् । हिरासतमा राखिएका आप्रवासीहरुका मुद्दाहरुको सुनुवाई जारी रहने भएतापनि हिराशतमा नरहेकाहरुका मुद्दाहरु पछाडि सारिनेछ । हिराशतमा नरहेकाहरुका मुद्दाका लागि अदालतहरू खुला हुनेछैनन् भने आवेदनहरु स्वीकार गरिनेछैन । अदालतहरूले सुनुवाइको नयाँ मितिका लागि प्रतिवादी वा रेकर्डका प्रतिनिधिहरूलाई सुनुवाइको अद्यावधिक सूचना जारी गर्नेछन् ।

आइसले सरकारले शटडाउनका बेलामा पनि देशनिकाला जारी राख्नेछ । आइसका वकिलहरूले सामान्यतया सरकार शटडाउनको समयमा हिरासतमा राखिएहरुका मुद्दामा ध्यान केन्द्रित गर्नेछन् । सीबीपीले पनि कामकारवाही जारी राख्नेछ । सिमानाकाहरु खुला नै हुनेछन् । यात्रुहरूको प्रशोधन जारी रहनेछ । यद्यपि सीमामा दायर गरिएका आवेदनहरूको प्रक्रियामा असर पर्न सक्छ। त्यस्तै डिपार्टमेन्ट अफ लेबरले भने सरकार शटडाउनका बेलामा कामहरु स्थगित गर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com