पत्रकार महासङ्घमा पहिलोपल्ट महिला नेतृत्व , कोषाध्यक्षमा विष्ट प्यानलका अधिकारी निर्वाचित


प्रकाशित मिति : मंसिर ३०, २०८१ आईतबार

नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा विजयी हुनुभएको छ ।

महासङ्घको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले ४ हजार २ सय ८२ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३ हजार २ सय तीन मत प्राप्त गर्नुभयो ।

अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले २ सय ७० र लालसिंह लामाले ९६ मत प्राप्त गर्नुभयो । वरिष्ठ उपाध्यक्षमा दीपक आचार्यले ४ हजार दुई सय ३० मत प्राप्त गरी निर्वाचित हुँदा निकतम प्रतिस्पर्धी रोशन पुरीले २ हजार आठ सय ८६ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्ष महिलामा नितु पण्डितले ४ हजार ७ सय पाँच मत प्राप्त गरी विजयी हुँदा गङ्गा पौडेल बरालले २ हजार ६ सय ४४ मत प्राप्त गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उपाध्यक्ष समावेशीमा उमिदप्रसाद बागचन्दले ४ हजार दुई सय ९२ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकतम प्रतिद्वन्द्वी सुभाषप्रसाद साहले २ हजार ८० मत प्राप्त गर्नुभयो ।

महासचिवमा रामप्रसाद दाहालले ४ हजार ८४ मत प्राप्त गरी विजयी हुँदा निकतम प्रतिद्वन्द्वी लेखनाथ न्यौपानेले १ हजार नौ सय २९ मत प्राप्त गर्नुभयो ।

सचिव खुलामा रमेश खतिवडाले ३ हजार चार सय मत प्राप्त गरी जित निकाल्नुभयो ।

सचिव महिलामा सोनी शर्माले ४ हजार तीन सय ४७ मत प्राप्त गरी विजयी हुनुभयो ।
त्यस्तै, सचिव आदिवासी जनजातिमा सविन प्रियासनले ३ हजार पाँच सय ३५, सचिव मधेशीमा अशोककुमार तिवारीले तीन हजार आठ सय ५८ मत प्राप्त गरी विजयी हुनुभयो ।

सचिव दलिततर्फ प्रकाश धौलाकोटीले ४ हजार एक सय १०, सचिव एशोसिएटतर्फ बैकुण्ठराज पराजुलीले तीन हजार छ सय ४५ मत प्राप्त गरी जित हासिल गर्नुभयो ।

कोषाध्यक्षतर्फ रामकृष्ण अधिकारीले ३ हजार आठ सय ४७ मत प्राप्त गरी विजयी हुनुभयो । कोशी प्रदेशतर्फबाट केन्द्रीय सदस्यमा कमल रिमाल र शङ्कर खरेल मधेस प्रदेश सदस्यमा राजु विश्वकर्मा र राजेशकुमार कर्ण बिजयी हुनुभयो ।

बागमती उपत्यका बाहेकका केन्द्रीय सदस्यमा नवराज पथिक र नारायणप्रसाद अधिकारी गण्डकी प्रदेश सदस्यमा कृष्ण केसी र केवी राना लुम्बिनी प्रदेश सदस्यमा रामराज पोखरेल र विकास बन्जाडे कर्णाली प्रदेश सदस्यमा तुलाराम पाण्डे र नगेन्द्रप्रसाद उपाध्याय बिजयी हुनुभएको छ ।

सुदूरपश्चिम प्रदेश सदस्यमा योगेन्द्रबहादुर बलायर र सुरेश पन्त उपत्यका प्रदेश सदस्यमा अर्जुन पन्त र सूर्य सुवेदी प्रतिष्ठान प्रदेशतर्फ वीरेन्द्र ओली र सविता शर्मा विजयी हुनुभयो ।

संस्थागत प्रदेश (एशोसिएट) तर्फ पवित्रा मुडभरी र मनुका कुँवर बिजयी हुनुभएको छ । खुला सदस्यमा छविलाल तिवारी भूपेन्द्र आचार्य मुकुन्दप्रसाद भण्डारी रामेश्वर कार्की र लवदेव ढुङ्गाना बिजयी हुनुभएको छ ।

मधेसी महिलातर्फ रुवीकुमारी रौनियार र आदिवासी जनजाति महिलातर्फ माला पालुङ्वा खस आर्य महिलामा लिला शाह योगी बिजयी हुनुभयो । दलित महिलातर्फ भने यसअघि नै रीता बुढाथोकी निर्विरोध निर्वाचित हुनुभएको थियो । दलित सदस्यमा सिकेन्द्र पासवान र दलित सदस्यमा सावित्री रसाइली निर्वाचित हुनुभयो ।

आदिवासी जनजाति सदस्यमा भरत जर्घा मगर आदिवासी महिला सदस्यमा देविका घर्ती मगर निर्विरोध निर्वाचित हुनुभएको थियो ।

मधेसी सदस्यमा राजकरण महतो मधेसी सदस्य महिलामा ललिताकुमारी साह निर्वाचित हुनुभयो । अपाङ्गता भएका सदस्यमा भूपराज बस्याल अल्पसङ्ख्यक सदस्यमा लक्ष्मण थामी विजयी हुनुभयो ।

लेखा समिति संयोजकमा केसी लामिछाने निर्वाचित हुँदा सोही समितिको सदस्य खुलामा केशवप्रसाद बोहरा सदस्य महिलामा रुक्मिणि पोखरेल बिजयी हुनुभयो । नयाँ नेतृत्व चयनका लागि महासङ्घको निर्वाचन यही मंसिर २८ गते भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com