अमेरिकामा नक्कली विवाहमा सरकारले भिसा रद्द गरेमा त्यसविरुद्धको मुद्दा संघीय अदालतले नलिने


प्रकाशित मिति : मंसिर २९, २०८१ शनिबार

अमेरिकामा नक्कली विवाहमा अब संघीय अदालतको समीक्षा बिना सरकारले भिसा रद्द गर्नसक्ने भएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले पहिले स्वीकृत भिसा खारेज गर्ने निर्णय गरेमा त्यसबारे संघीय अदालतहरूले समीक्षा गर्न नसक्ने सर्वोच्च अदालतले सर्वसम्मतिले निर्णय गरेको छ । यो निर्णयले अध्यागमनमा सरकारको शक्तिलाई महत्त्वपूर्ण रूपमा बलियो बनाउन सक्छ।

सर्वोच्चका न्यायाधिस केतन्जी ब्राउन ज्याक्सनले लेखेको निर्णयले भिसा खारेजीलाई न्यायिक समीक्षाबाट जोगाउदै अध्यागमन कानून अन्तर्गत तजविज कारबाहीहरूको श्रेणीका रुपमा स्थापित गरेको छ । यो मुद्दा अमेरिकी नागरिक अमिना बोउर्फामा केन्द्रित रहेको थियो जसको गैरनागरिक पतिको लागि भिसा निवेदन सुरुमा सरकारले अनुमोदन गरेपनि पछि नक्कली विवाह ठहर गर्दै भिसा रद्द गरेको थियो । कागजातका लागि नक्कली विवाह गर्ने व्यक्तिलाई अमेरिकामा स्थायी रुपमा रोक लाग्छ ।

बोउर्फाले भिसा खारेज गर्ने निर्णयविरुद्ध संघीय अदालतमा चुनौति दिएपनि जिल्ला अदालत र पुनरावेदन अदालतले सरकारको निर्णयलाई समीक्षा गर्न नसकिने निर्णय गरेका थिए । तल्ला अदालतहरुका निर्णयलाई सर्वोच्च अदालतले पनि समर्थन गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संसदले सरकारलाई राम्रो र पर्याप्त कारण भएको ठानेमा जुनसुकै बेला अनुमोदित भिसा रद्द गर्ने फराकिलो अधिकार दिएको अदालतको निर्णयमा उल्लेख गरिएको छ । अध्यागमन र राष्ट्रियता ऐनको धारा १२५२ अन्तर्गत त्यस्ता खारेजीहरूको न्यायिक समीक्षालाई स्पष्ट रूपमा निषेध गरिएको अदालतको निर्णयमा उल्लेख छ।

प्रारम्भिक भिसा अस्वीकारहरू न्यायिक छानबिनको अधीनमा हुन सक्ने भने अदालतले प्रष्ट पारेको छ । तर प्रारम्भिक अस्वीकृति अनिवार्य हुने तथ्यहरूमा आधारित हुँदा पनि पहिलेको भिसा रद्द गर्ने निर्णयलाई तजविज अधिकारका रुपमा लिइने अदालतले व्याख्या गरेको छ । डोनाल्ड ट्रम्पले व्यापक अध्यागमन सुधारको वाचा गरेको सन्दर्भमा यो निर्णयको परिणाम ट्रम्प कार्यकालमा अझ बढी हुनसक्ने अनुमान गरिएको छ ।

यो निर्णयले भिसा खारेजीमा बृद्धि गर्न सक्ने अनुमान गरिएको छ । भिसा आवेदकहरुसँग नयाँ आवेदन फाइल गर्ने विकल्प भने रहने तथा संवैधानिक उल्लङ्घनका मुद्दाहरूमा अदालतहरूले हस्तक्षेप गर्न सक्ने अदालतले प्रष्ट पारेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com