अमेरिकाको कामदारभिसामा आधुनिकीकरण गर्ने नियम संघीय समीक्षाको चरणमा


प्रकाशित मिति : मंसिर २८, २०८१ शुक्रबार

अमेरिकाको कामदार भिसा एचवान बीमा आधुनिकीकरणका लागि महत्त्वपूर्ण परिमार्जन गर्ने अपेक्षा गरिएको अन्तिम नियम अब फेडरल अफिस अफ म्यानेजमेन्ट र बजेटमा समीक्षा अन्तर्गत रहेको छ । जसका कारण यो नियम प्रकाशन र कार्यान्वयनको एक कदम नजिक पुगेको छ ।

अन्तिम नियमका प्रावधानहरु प्रकाशन नभएसम्म गोप्य राखिएको छ तर नियमले कामदार भिसा एचवानबीको विशिष्ट पेशाको परिभाषालाई परिमार्जन गर्न खोजेको छ । त्यस्तै कामदार भिसा एचवान बीमा स्टाटस पर्खाइमा रहेका एफ वान भिसामा रहेका विद्यार्थीहरूको लागि क्याप ग्याप सुरक्षा बलियो बनाउने अपेक्षा गरिएको छ ।

त्यस्तै युएससीआईएसको साइट भिजिट अधिकारलाई बलियो बनाउने र गैरआप्रवासी याचिकाहरू परिमार्जन गर्नका लागि प्रक्रिया र आवश्यकताहरूलाई सुव्यवस्थित गर्ने समेत अपेक्षा छ । एजेन्सीको पुरानो स्वीकृतिहरूको नीतिलाई अन्य प्रावधानहरूसँग संहिताबद्ध गर्ने तथा अन्तिम नियमले प्रस्तावमा केही प्रावधानहरू समावेश गर्न सक्ने समेत अपेक्षा छ ।

बाइडेन प्रशासनले २०२३ मा एचवानबी कार्यक्रम र सम्बन्धित कार्यक्रमहरूको व्यापक आधुनिकीकरणको प्रस्ताव राखेको थियो । नियमनको पहिलो चरणमा क्याप दर्ता प्रणाली र चिठ्ठालाई सम्बोधन गरिएको थियो, जुन यो वर्षको मार्चमा लागू भयो। नियमनको दोस्रो चरणले एचवान बी भिसाका योग्यता मापदण्डमा धेरै महत्त्वपूर्ण परिवर्तनहरू लागू गर्न सक्छ भने रोजगारदाताका दायित्वहरू अपडेट गर्न सक्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केही परिमार्जनहरूले परिभाषामा थप लचिलोपन प्रस्तुत गर्ने तर केहीले योग्यतालाई कम गर्न सक्नेछन् । विशेष गरी नियमले सामान्य रूपमा स्नातक डिग्री चाहिने पेशाको मतलब सधैँ स्नातक डिग्री चाहिने नभएको स्पष्ट पार्नसक्छ । त्यस्तै प्रस्तावित नियमले आवश्यक डिग्री क्षेत्र कामसँग सीधा सम्बन्धित हुनुपर्ने व्यवस्था गर्नसक्छ । प्रस्तावले अफसाइट कामहरूको लागि नयाँ नियमन पनि खोजेको छ ।

फेडरल अफिस अफ म्यानेजमेन्ट र बजेटमा समीक्षापछि यो नियम कार्यान्वयन मितिको साथ फेडरल रजिष्ट्ररमा प्रकाशित गरिनेछ। यद्यपि नियमको प्रकाशन समय अझै थाहा छैन, प्रकाशन पछि ३० दिनको कार्यान्वयन मिति सम्भव छ। बाइडेन प्रशासनको अन्तिम महिनाहरूमा नियमलाई अन्तिम रूप दिने भएकाले यो आगामी ट्रम्प प्रशासन द्वारा निलम्बन समेत हुन सक्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com