धार्मिक स्थल, स्कूल र अस्पतालबाट आप्रवासीलाई गिरफ्तार गर्न नपाइने नीति खारेज गर्ने ट्रम्पको योजना


प्रकाशित मिति : मंसिर २७, २०८१ बिहीबार

डोनाल्ड ट्रम्पले राष्ट्रपतिका रुपमा कार्यभार सम्भालेपछि धार्मिक स्थल, स्कूल र अस्पतालहरूबाट आप्रवासीलाई आइसले गिरफ्तार गर्न नपाइने नीति खारेज गर्ने योजना बनाएका छन् । आगामी ट्रम्प प्रशासनले लामो समयदेखि चलिरहेको यो नीतिलाई खारेज गर्ने उद्देश्य राखेको छ । विद्यमान नीतिले आइसका एजेन्टहरूलाई संवेदनशील स्थानहरूका रुपमा चिनिने पूजा गर्ने घरहरू, विद्यालयहरू र अस्पतालहरू वा अन्त्येष्टि, विवाह र सार्वजनिक समारोहहरू जस्ता स्थानहरूमा कागजातविहीन व्यक्तिहरूलाई पक्राउ गर्नबाट रोकेको छ।

ट्रम्पले आफ्नो कार्यालयमा पहिलो दिनमा नै यो नीति खारेज गर्ने योजना बनाएका छन् । यो कदमले देशभरि आप्रवासीहरूलाई गिरफ्तार गर्ने आइसको अधिकारीलाई बढाउने उद्देश्य राखिएको छ । अमेरिकी इतिहासको सबैभन्दा ठूलो देशनिकाला कार्यक्रम चलाउने ट्रम्पको योजनाको एक भागको रूपमा यसलाई हेरिएको छ ।

आइसका एजेन्टहरूलाई स्वीकृति बिना संवेदनशील स्थानहरूमा गिरफ्तार गर्नबाट रोक्ने नीति सन् २०११ मा तत्कालीन आइस निर्देशक जोन मोर्टनले पठाएको मेमोको साथ सुरु भएको थियो । यो कार्यक्रम विगतमा ट्रम्प पालामा र अहिले बाइडेन प्रशासनमा पनि जारी रह्यो। २०२१ मा बाइडेन प्रशासनले पक्राउ गर्न नमिल्ने विशेष क्षेत्रहरू विस्तार गर्दै आफ्नै निर्देशन जारी गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नीति अन्तर्गत आइसका एजेन्टहरूलाई संवेदनशील स्थानहरूबाट राष्ट्रिय सुरक्षा वा आतंक मुद्दा, खतरनाक मानिने अपराधीको गिरफ्तारी, वा मृत्यु वा शारीरिक क्षतिको आसन्न जोखिम भएमा लगायतका निश्चित अवस्थाहरूमा पक्राउ गर्न भने अनुमति दिइएको छ। त्यस्तै आपराधिक अनुसन्धानमा प्रमाण नष्ट हुने अवस्था भएमा पनि पक्राउ गर्न अनुमति दिइएको छ ।

ती परिस्थितिहरू अवस्थित हुँदा पनि आइसका एजेन्टहरूले संवेदनशील स्थानमा गिरफ्तारीको योजना बनाउन उच्च अधिकारीहरूबाट स्वीकृति लिनुपर्छ । त्यस्तै उनीहरूले तत्काल कारबाही आवश्यक भएको महसुस गरेमा आकस्मिक परिस्थितिमा गिरफ्तार गर्न जान सक्छन्। तर त्यसबारे पछि वरिष्ठहरूसँग परामर्श गर्न आवश्यक पर्नेछ ।

पहिलो ट्रम्प प्रशासनको पालामा अक्टोबर १, २०१७ देखि अक्टोबर ३१, २०२० सम्म संवेदनशील स्थानमा वा नजिकै कम्तिमा ६३ वटा योजनाबद्ध र पाँचवटा अत्यावश्यक पक्राउहरु गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com