अब ग्रिनकार्ड आवेदनको नयाँ संस्करण, के के छन् तीन महत्वपूर्ण परिवर्तनहरु?


प्रकाशित मिति : मंसिर २६, २०८१ बुधबार

युएसससीआईएसले अमेरिकी ग्रिनकार्ड आवेदन फर्म आई ४८५ को नयाँ संस्करण ल्याएको छ, जसमा प्रश्नहरू र निर्देशनहरूमा महत्त्वपूर्ण अपडेटहरु समावेश गरिएको छ । यो संशोधित फर्मको मिति १०/२४/२४ रहेको छ भने डिसेम्बर १० मंगलबार आधिकारिक रूपमा प्रकाशित गरिएको थियो।

२०२५ फेब्रुअरी १० बाट युएससीआईएसले केवल यो अपडेट गरिएको संस्करणलाई मात्र स्वीकार गर्नेछ । फेब्रुअरी १० पछि दायर गरिएका कुनै पनि पुराना संस्करणलाई अस्वीकार गर्ने युएससीआईएएसले प्रष्ट पारेको छ ।

एक प्रमुख परिवर्तन अन्तरगत अब आवेदकले मेडिकल रिपोर्ट पनि आफ्नो ग्रिनकार्ड आवेदन फर्मसँगै बुझाउनुपर्नेछ। मेडिकल रिपोर्ट समावेश नगरेको खण्डमा आवेदन अस्वीकार हुने सम्भावना हुनेछ । यस परिवर्तनले आवेदन दर्ता गर्दा सबै आवश्यक कागजात बुझाउनुपर्ने आवश्यकतामा जोड दिएको छ।

अर्को महत्त्वपूर्ण परिवर्तन अनुशार अब स्पोन्सरका लागि छुटका लागि अनुरोध गर्न छुट्टै फर्म भर्नुपर्नेछैन । स्पोन्सर अर्थात् फर्म आई ८६४ बुझाउन छुट भएका आवेदनकहरुले अब ग्रिनकार्ड आवेदन फर्म आई ४८५ मार्फत नै स्पोन्सर छूटको अनुरोध गर्न सक्छन्। अर्थात् अब छुटको अनुरोध गर्ने फर्म आई ८६४ डब्ल्युलाई पनि अब ग्रिनकार्ड आवेदनमा नै समाहित गरिएको छ । युएससीआईएसले प्रक्रिया सरल बनाउन र आवेदकहरूले पूरा गर्नुपर्ने फर्महरूको संख्या घटाउन यो विधि अपनाएको बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसको अतिरिक्त नयाँ फर्मले पब्लिक चार्जका आधारमा ग्रिनकार्ड अस्वीकार वा प्रवेश निषेधसम्बन्धी प्रश्नहरू स्पष्ट रूपमा प्रस्तुत गरेको छ। आवेदकहरूले अब आफ्नो आप्रवासी श्रेणी निर्दिष्ट गर्नुपर्नेछ, जसले युएससीआईएसलाई यस आधारमा छूट निर्धारण गर्न सजिलो बनाउनेछ। यो स्पष्टताले आवेदकहरूको लागि अन्योलता कम गर्ने र निर्णय प्रक्रिया छिटो बनाउने अपेक्षा गरिएको छ।

युएससीआईएसले फर्मका निर्देशनहरूलाई पनि संशोधित र एकीकृत गरेको छ, जसले प्रयोगकर्ताको अनुभव सुधार्ने र प्रशासनिक झन्झट घटाउने उद्देश्य राखेको छ। आवेदकहरूको लागि आप्रवासन लाभ र सेवाहरूलाई थप पहुँचयोग्य र प्रभावकारी बनाउने उद्देश्य पूरा गर्न यी परिवर्तनहरू गरेको युएससीआईएसको भनाई छ ।

आवेदकहरूलाई अपडेट गरिएको ग्रिनकार्ड आवेदन फर्म आई ४८५ र यसको निर्देशनहरू ध्यानपूर्वक समीक्षा गर्न सल्लाह दिइएको छ । २०२५ फेब्रुअरी १० पछि गलत संस्करण बुझाएमा आवेदनमा ढिलाइ वा अस्वीकार हुने भएकाले सजगता अपनाउन सुझाव दिइएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com