अमेरिकामा म्याद सकिएका वर्क परमिटको अवधि स्वतः ५४० दिन थप्ने नियम स्थायी रुपमा विस्तार


प्रकाशित मिति : मंसिर २६, २०८१ बुधबार

युएससीआइृएसले अमेरिकामा म्याद सकिएका वर्क परमिटको अवधि स्वतः ५४० दिन थप्ने नियम स्थायी रुपमा विस्तार गरेको छ । युएससीआइृएसले  वर्क परमिटको स्वत: विस्तार अवधि १८० दिनबाट ५४० दिनसम्म स्थायी रूपमा बढाउने अन्तिम नियम घोषणा गरेको हो ।

अप्रिल ८ मा   फेडरल रजिष्ट्ररमा प्रकाशित  अस्थायी अन्तिम नियमले म्याद सकिएका कैयन वर्क परमिटको अवधि १८० दिनबाट बढाएर ५४० दिन बनाएको थियो । उक्त नियमको म्याद सेप्टेम्बर २०, २०२७ मा सकिने तय भएकोमा अब त्यसैलाई स्थायी बनाइएको हो ।

यस्तै नियम सन् २०२२ को मे ४ मा पनि ल्याइएको थियो । उक्त नियम पनि अस्थायी अन्तिम नियम भएकाले अक्टोबर २०२५ सम्मकोमात्र म्याद थियो ।

योग्य गैर नागरिकहरूका लागि वर्क परमिटमा पहुँचलाई सुव्यवस्थित र आधुनिकीकरण यो नियम ल्याएको युएससीआईएसले जनाएको छ । वर्क परमिटको प्रशोधन समयलाई उल्लेखनीय रूपमा घटाएको अवस्थामा ल्याइएको यो नियमले आवेदकहरुलाई थप राहत प्रदान गरेको छ । यो नियमले पहिले नै वर्क परमिट प्राप्त गैर नागरिकहरूलाई पेन्डिङ वर्क परमिट नवीकरणको प्रतिक्षा गरिरहँदा वर्क परमिट ल्याप्स हुनबाट जोगाउनुका साथै गरिरहेको काममा निरन्तरता सुनिश्चित गर्दछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्थायी अन्तिम नियम फेडरल रजिस्टरमा प्रकाशन भएको ३० दिनपछि लागू हुनेछ । यस परिवर्तनले समस्याको दीर्घकालीन समाधान प्रदान गरी योग्य व्यक्तिहरूलाई आफ्नो रोजगारी कायम राख्न र अर्थतन्त्रमा कुनै अवरोध बिना योगदान गर्न सुनिश्चित गर्नेछ।

यो नियम नल्याएको भए झण्डै ८ लाख एसाइलम स्वीकृत भएका वा पेन्डिङ रहेकाहरु, टीपीएस स्वीकृत भएका वा पेन्डिङ रहेकाहरु र ग्रिनकार्ड आवेदकहरु नविकरण आवेदन गरिएको वर्क परमिट नआउँदा र आफूसँग भएको म्याद सकिएको वर्क परमिटका कारण काम गुमाउने जोखिममा पर्ने सम्भावना थियो । जसमाबाट ६० देखि ८० हजार रोजगारदाताले कामदार गुमाउने सम्भावना थियो ।

सामान्यतया वर्क परमिटको अवधि स्वीकृत परोल अवधिसम्म कायम रहने भएतापनि यो नियमले परोलको अपधि भने थप गर्दैन । जसको अर्थ कोही व्यक्तिले ५४० भन्दा अगाडि नै अमेरिकामा काम गर्ने अधिकार गुमाएको खण्डमा स्वत थपिएको अवधि उसको हकमा पूरै दिन लागु हुँदैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com