रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड जनवरीमा पनि करेन्ट, अन्य श्रेणीको फाइलिङ मिति भएन हलचल


प्रकाशित मिति : मंसिर २५, २०८१ मंगलबार

जनवरीको भिसा बुलेटिन अनुशार रोजगारमा आधारित ग्रिनकार्ड फाइल गर्ने मितिमा कुनै हलचल भएको छैन । तर आप्रवासी भिसा पाउने मितिमा दोश्रो र तेश्रो श्रेणी (स्कील्ड) मा १५ दिन तथा तेश्रो श्रेणी अनस्कील्डमा १५ दिनमात्र फेरबदल भएको छ । पहिलो श्रेणीका सन्दर्भमा ग्रिनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मिति करेन्ट नै रहेको छ ।

जनवरी महिनामा पनि अमेरिकाभित्रै हुनेहरुका सन्दर्भमा पहिलो श्रेणीको आवेदन आई १४० का साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाइने भएको छ भने अमेरिकाबाहिर हुनेले भिसा करेन्ट हुन्जेल कुर्नु नपर्ने भएको छ । यद्यपी दूतावासहरुमा रहेको भिसा ब्याकलगका कारण अमेरिकाबाहिर हुनेलाई आप्रवासी भिसा अन्तरवार्ता पाउन भने लामो समय लाग्दै आएको छ ।

रोजगारमा आधारित दोश्रो श्रेणीको ग्रिनकार्डका लागि जनवरीमा महिनामा पनि आई ४८५ ग्रिनकार्ड आवेदन फाइल गर्न पाइने प्राथमिकता मिति १ अगस्त २०२३ नै रहेको छ । अमेरिकाबाहिर हुनेले पनि १ अप्रिल २०२३ अगाडि प्राथमिकता मिति भएमा जनवरीमा भिसा अन्तरवार्ता र आप्रवासी भिसा पाउनसक्नेछन् ।

तेश्रो श्रेणीको ग्रिनकार्ड आवेदकका लागि १ मार्च २०२३ भन्दा अगाडि लेबर सर्टिफिकेशन फाइल गरेका आवेदकहरुले डिसेम्बरमा आई १४० आवेदनका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ समेत फाइल गर्न सक्ने भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रोजगारमा आधारित तेश्रो श्रेणीको ग्रिनकार्डका सन्दर्भमा अमेरिकाबाहिर भिसा कुरिरहेकाहरुका सन्दर्भमा १ डिसेम्बर २०२२ अगाडि लेबर सर्टिफिकेशन फाइल गरेर स्वीकृत भएकाहरुले जनवरीमा भिसाका लागि अन्तरवार्ता पाउन सक्नेछन् । रोजगारमा आधारित तेश्रो श्रेणीका अनस्कील्ड कामदारका सन्दर्भमा भने यो मिति ८ डिसेम्बर २०२० रहेको छ । अमेरिकाभित्र हुने रोजगारमा आधारित तेश्रो श्रेणीका अनस्कील्ड कामदारले भने २२ मे २०२१ भन्दा अगाडि लेबर सर्टिफिकेशन फाइल गरेका आवेदकहरुले डिसेम्बरमा ग्रिनकार्ड आवेदन आई ४८५ पेश गर्न पाउनेछन् ।

यदि तपाईं दक्ष कामदार, व्यावसायिक वा दक्षता नभएको अन्य कामदार हुनुहुन्छ भने तपाईं यो श्रेणीको ग्रिनकार्डका लागि योग्य हुन सक्नुहुन्छ। यसमा दक्ष कामदार भन्नाले अस्थायी वा मौसमी प्रकृतिको नभई जागिरको अफर गरिएको काम न्यूनतम २ वर्षको तालिम वा अनुभव आवश्यक पर्ने खालको हुनुपर्छ । दक्ष कामदारले रोजगारीको अवसरको शैक्षिक, तालिम वा अनुभव आवश्यकताहरू पूरा गर्नुपर्छ। सान्दर्भिक पोस्ट सेकेन्डरी शिक्षालाई प्रशिक्षणको रूपमा मान्न सकिन्छ।

पेशेवर व्यक्तिका रुपमा यो श्रेणीको ग्रिनकार्डमा योग्य जागिरको अफर गरिएको काम कम्तिमा अमेरिकी स्नातक वा विदेशी समकक्ष डिग्री चाहिने प्रकारको हुनुपर्छ । व्यक्ति तोकिएको पेशाको सदस्य हुनुपर्छ । त्यस्तै तेश्रो श्रेणीको दक्षता नभएको श्रेणीका लागि अनुभव नचाहिने वा २ वर्ष भन्दा कमको अनुभव भए पुग्ने प्रकारको जागिरको अफर हुनुपर्छ । यो श्रेणीमा डिसवासर लगायतका कामहरु पनि योग्य हुनसक्छन् ।

यो श्रेणीमा ग्रिनकार्ड आवेदनका लागि सबैभन्दा पहिले अमेरिकी कम्पनीले रोजगारको अफर दिएको हुनुपर्छ । साथै उक्त कम्पनीले दिएको रोजगारको अफरका लागि काममा राख्ने व्यक्तिलाई अमेरिकी सरकारले तोकेको तलब दिनसक्ने गरी कम्पनीको आर्थिक स्थीति पनि बलियो भएको प्रमाणित गर्नुपर्छ ।

रोजगारदाताले उक्त काम गर्नका लागि अमेरिकामा योग्य कामदारहरू उपलब्ध नभएको प्रमाणित गर्न संचारमाध्यममा जागिर खुलेको विज्ञापनहरु प्रकाशित गर्नुपर्ने लगायतका अन्य प्रकृयाहरु पनि पूरा गर्नुपर्छ । यो प्रकृयामा रोजगारदाताले काम लगाउने वा ग्रिनकार्डको प्रकृया गर्ने कामदारबाट कानुनी रुपमा कुनै शुल्क लिन मिल्दैन ।

साथै यो आवेदन रोजगारका लागि आउने व्यक्तिले आफै फाइल गर्न पनि मिल्दैन, केबल रोजगारदाताका तर्फबाटमात्र फाइल गर्नुपर्छ । आवेदन स्वीकृत भएपछि दम्पत्ति र २१ वर्ष भन्दा कम उमेरका अविवाहित बच्चाहरूपनि आप्रवासी भिसा वा ग्रिनकार्डमा सँगै अमेरिका आउनका लागि योग्य हुन्छन् ।

आई १४० विचाराधिन रहेको अवस्थामा आवेदकले आई ४८५ फाइल गरिसकेपछि आवेदन विचाराधिन रहँदासम्म वर्क परमिट प्राप्त गर्न, सोसल सेक्युरिटी नम्बर प्राप्त गर्न र एड्भान्स परोलमा अमेरिकाबाहिर यात्रा गर्न समेत सकिन्छ । तर यसबारे निर्णय गर्नु अगाडि आफ्नो केसको प्रकृतिबारे लाइसेन्सप्राप्त कानुन व्यवसायीसँग सल्लाह लिनुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com