जनवरीमा अमेरिकामा परिवारमा आधारित ग्रिनकार्ड फाइल गर्ने मितिमा भएन हलचल, प्रतिक्षा अवधि बृद्धि


प्रकाशित मिति : मंसिर २५, २०८१ मंगलबार

जनवरीमा परिवारमा आधारित कुनै पनि श्रेणीको ग्रिनकार्ड फाइल गर्ने मिति टसमस नभएपछि परिवारमा आधारित ग्रिनकार्ड कुरेर बसिरहेकाहरु थप निराश भएका छन् । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको भिसा बुलेटिन अनुशार जनवरीमा परिवारमा आधारित कुनै पनि श्रेणीको ग्रिनकार्ड फाइल गर्ने मितिमा कुनै फेरबदल भएको छैन । अर्थात् डिसेम्बरकै भिसा बुलेटिनको फाइल गर्ने मिति जनवरीका लागि समेत कपिपेष्ट गरिएको छ ।

अमेरिकाभित्र हुने ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुका लागि ग्रिनकार्ड फाइल गर्ने मिति गतबर्षको अगस्तसम्म कन्करेन्ट रहदै आएकोमा गतबर्षको सेप्टेम्बरदेखि भने कन्करेन्ट छैन । अथात् अमेरिकाभित्रै हुने ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुले आई १३० पिटिसन र ग्रिनकार्ड आवेदन आई ४८५ एकसाथ भने फाइल गर्न पाउँदैनन् ।

अमेरिकाभित्र हुनेहरुका सन्दर्भमा १ सेप्टेम्बर २०१७ भन्दा अगाडि प्राथमिकता मिति भएका अमेरिकी नागरिकका अविवाहित छोराछोरी, १५ जुलाई २०२४ भन्दा अगाडि प्राथमिकता मिति भएका ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्ष नपुगेका छोराछोरी, १ जनवरी २०१७ भन्दा अगाडि प्राथमिकता मिति भएका ग्रिनकार्डवाहकका २१ बर्ष नाघेका अविवाहित छोराछोरी, २२ जुलाई २०१२ भन्दा अगाडि प्राथमिकता मिति भएका अमेरिकी नागरिकका विवाहित छोराछोरी र १ मार्च २००८ भन्दा अगाडि प्राथमिकता मिति भएका अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुले जनवरीमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाउनेछन् । युएससीआईएसले पनि भिसा बुलेटिनको यही मितिलाई नै ग्रिनकार्ड आवेदन फाइल गर्ने मितिका रुपमा स्वीकार गरेको छ ।

अमेरिकाबाहिर हुनेहरुका सन्दर्भमा २२ नोभेम्बर २०१५ भन्दा अगाडि प्राथमिकता मिति भएका अमेरिकी नागरिकका अविवाहित छोराछोरी, १ जनवरी २०२२ भन्दा अगाडि प्राथमिकता मिति भएका ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्ष नपुगेका छोराछोरी, २२ मे २०१६ भन्दा अगाडि प्राथमिकता मिति भएका ग्रिनकार्डवाहकका २१ बर्ष नाघेका अविवाहित छोराछोरी, १ जुलाई २०१० भन्दा अगाडि प्राथमिकता मिति भएका अमेरिकी नागरिकका विवाहित छोराछोरी र १ अगस्त २००७ भन्दा अगाडि प्राथमिकता मिति भएका अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुले जनवरीमा अमेरिकी दूतावासहरुमा आप्रवासी भिसाका लागि अन्तरवार्ताको मिति पाउन सक्नेछन् । अहिले अमेरिकाबाहिर प्रतिक्षा गर्ने ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुका लागि भिसा अप्वाइन्टमेन्ट पाउन लाग्ने अवधि ३ बर्ष रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फाइनल एक्सन डेट अमेरिकी दूतावासहरुमा आप्रवासी भिसाका लागि अन्तरवार्ताको मिति पाउनसक्ने अवधि अर्थात् अमेरिकी नागरिकका अविवाहित छोराछोरीका तुलनामा अघिल्लो महिनाको तुलनामा १ महिना सरेको छ भने ग्रिनकार्डवाहकका २१ बर्ष नाघेका अविवाहित छोराछोरीका सन्दर्भमा २२ दिन सरेको छ । त्यस्तै अमेरिकी नागरिकका विवाहित छोराछोरीका सन्दर्भमा साढे ३ महिना सरेको छ । तर ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्ष नपुगेका छोराछोरी एवं अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुका सन्दर्भमा भने यो मितिमा कुनै फेरबदल भएको छैन ।

उनीहरुको आवेदन युएससीआईएसबाट स्वीकृत भइसकेको खण्डमा भने फाइलिंग डेटका आधारमा उक्त आवेदन नेशनल भिसा सेन्टरले डकुमेन्ट्री क्वालीफाइड हुनका लागि प्रकृया अगाडि बढाउँछ । तर भिसा अन्तरवार्ताका लागि भने भिसा बुलेटिनमा रहेको फाइनल एक्सन डेट नै प्रतिक्षा गर्नुपर्छ । युएससीआईएसले आई १३० आवेदन प्रकृयामा लैजान भने लामो समय लगाउने गरेको छ ।

जनवरीको भिसा बुलेटिन अनुशार अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुलाई ग्रिनकार्ड पाउन लाग्ने अवधि १७ बर्ष ४ महिना पुगेको छ । अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुलाई ग्रिनकार्ड पाउन लाग्ने अवधि बढेको बढ्यै रहेको छ । जसका कारण सन् २००७ भन्दा पछाडि आई १३० आवेदन दिएका अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुले आप्रवासी भिसा पाउन सकेका छैनन् । लामो समयको प्रतिक्षा अवधिका कारण भिसा कुरेर बसेका उनीहरु निराश भएका छन् ।

जनवरीको भिसा बुलेटिन अनुशार अमेरिकी नागरिकका २१ बर्ष काटेका अविवाहित छोराछोरीहरुका लागि भिसा पाउन लाग्ने अवधि ९ बर्ष २ महिना रहेको छ ।ग्रिनकार्डवाहकका २१ बर्ष काटेका अविवाहित छोराछोरीहरुका लागि भिसा पाउन लाग्ने अवधि ८ बर्ष ७ महिना रहेको छ । अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुका लागि भिसा पाउन लाग्ने अवधि १४ बर्ष ५ महिना रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com