सीरियाका राष्ट्रपति बशरले देश छोडेको विद्रोहीको दाबी


प्रकाशित मिति : मंसिर २२, २०८१ शनिबार

सीरियाका विद्रोही समूहहरूले राजधानी दमास्कसमा प्रवेश गरेको दाबी गरेका छन् । यसैबीच, दमास्कसमा गोलीबारीको आवाज सुनिएको छ ।

दुई वरिष्ठ सीरियाली अधिकारीहरूले राष्ट्रपति बशर अल असद दमास्कस छोडेको जानकारी दिएका छन् । तर, उनी कहाँ गएका छन् भन्ने कुरा खुलाइएको छैन ।

दमास्कस एयरपोर्टबाट एउटा निजी विमान उडेको छ । जसमा राष्ट्रपति अल असद भएको अनुमान गरिएको छ।

विद्रोहीहरूको दाबी

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विद्रोही समूह हयात तहरीर अल शाम ९एचटीएस० का प्रमुख अबू मोहम्मद अल जुलानीले होम्स शहरमाथिको कब्जालाई ऐतिहासिक क्षण भन्दै स्वागत गरेका छन् ।
एचटीएसले आफ्नो टेलिग्राम च्यानलमा घोषणा गर्दै भनेको छ, तानाशाहू बशर अल असद देश छोडेर भागेका छन् र सीरिया अब स्वतन्त्र भएको छ ।

विद्रोहीहरूको प्रगति

विद्रोही समूहहरूले हालसम्म हमा, डेरा, र तेस्रो ठूलो शहर होम्समाथि नियन्त्रण जमाइसकेका छन्। विद्रोहीहरू उत्तर, पूर्व, र दक्षिणतर्फबाट अघि बढिरहेका छन् ।
होम्सको प्रतीकात्मक महत्त्व

होम्स सन् २०११ मा सुरु भएको विरोध र गृहयुद्धको बेला विपक्षको गढ मानिन्थ्यो। यस क्षेत्रमा तीन वर्षसम्म सरकारी सेनाले घेराबन्दी गरेको थियो । सन् २०१५ मा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा सम्झौतापछि होम्समा सरकारको नियन्त्रण आएको थियो ।

दमास्कसको स्थिति

विद्रोहीहरूले राजधानी दमास्कसलाई अन्य शहरहरूसँग अलग थलग बनाएका छन् । हालसम्म सरकारी सेनाले विद्रोहीहरूको प्रगतिको सामना गर्न कठिनाइ भोगिरहेको छ । केही क्षेत्रमा सैनिकहरूले पाला फेरेका छन् भने कतै आफ्नो स्थान छोडेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com