स्वास्थ्य सेवा प्रमुखको हत्याका संदिग्धको फोटो न्युयोर्क प्रहरीद्धारा सार्वजनिक


प्रकाशित मिति : मंसिर २१, २०८१ शुक्रबार

स्वास्थ्य सेवा प्रमुखको हत्यामा सम्लग्न नकाबबिनाको व्यक्तिको दुईवटा तस्बिर न्युयोर्कको प्रहरीले सार्वजनिक गरेको छ ।

युनाइटेड हेल्थ केयरका प्रमुख ५० बर्षीय ब्रायन थम्पसनलाई बुधबार बिहान मिडटाउन म्यानह्याटनको हिल्टन होटेल बाहिर उनको पछाडिबाट गोली हानी हत्या गरिएको थियो।

आक्रमणकारीले थम्पसनका कुनै पनि सामग्री नलिई घटनास्थलबाट भागेका थिए । प्रहरीले यो हत्या पूर्व नियोजित रहेको अनुमान गरेको छ ।

अनुसन्धानकर्ताहरूले अनुहार पहिचान प्रविधि र गोलीको खोलमा लेखिएका रहस्यमय सन्देशहरूको प्रयोग गरेर संदिग्धलाई पत्ता लगाउने प्रयास गरिरहेका छन् । घटनाको उद्देश्यबारे भने अझै खुलाइएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्क प्रहरी विभाग (NYPD) का प्रमुख जॉसेफ केनीका अनुसार संदिग्धको हतियार केही समयका लागि जाम भएको थियो । तर उसले छिटो ठीक गरेर गोली चलाउन थालेका थिए ।

सिसिटिभी फुटेजमा संदिग्धले साइलेंसर (गोलीको आवाज दबाउने उपकरण) जडान गरेको देखिएको छ।

अनुसन्धानकर्ताहरूले हतियार बीटी स्टेशन सिक्स ९ भएको विश्वास गरेका छन् । जुन दोस्रो विश्वयुद्धताका विशेष अपरेसन फोर्सहरूले प्रयोग गरेका पिस्तोलसँग सम्बन्धित मानिन्छ।

प्रहरीले उक्त हतियार कहाँ खरिद गरिएको हो भनी पत्ता लगाउन कनेक्टिकटको बन्दूक पसलहरूमा पनि जानकारी लिएको छ ।

गोलीकाण्डपछि, भिडियोमा संदिग्धलाई पैदल भागेको देख्न सकिन्छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com