अमेरिकाको ८५ हजार कामदार भिसाका लागि प्रयाप्त आवेदन प्राप्त, अर्को लोटरी मार्चमा


प्रकाशित मिति : मंसिर १७, २०८१ सोमबार

युएससीआईएसले आर्थिक बर्ष २०२५ का लागि ८५ हजार कामदार भिसा एचवानबीका लागि प्रयाप्त आवेदन प्राप्त गरेको घोषणा गरेको छ । आर्थिक बर्ष २०२६ का लागि कामदार भिसाको लोटरी आगामी मार्चमा खोलिने छ ।

संसदद्वारा तोकिएको ८५ हजारको सीमा पुरा गर्न पर्याप्त आवेदनहरू प्राप्त गरेको युएससीआईएसले जनाएको छ। यसमा ६५,००० भिसाको नियमित सीमा र अमेरिकी डिग्री हासिल गरेकाहरुका लागि थप २०,००० भिसा समावेश छ ।

युएससीआईएसले आगामी केही दिनहरूमा लोटरीका लागि दर्ता गरेका र छनौट नभएका व्यक्तिहरूलाई अनलाइनमा छनौट नभएको सूचना पठाउनेछ। उनीहरु आर्थिक बर्ष २०२५ का लागि आवेदन दिन योग्य हुनेछैनन् । तर ८५ हजारको सीमा बाहेकका आवेदन भने युएससीआईएसले स्वीकार गर्न र प्रकृयामा लैजान जारी राख्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पहिलो रोण्डको लोटरीमा छनौट गरेका आवेदकको संख्या प्रयाप्त नभएको भन्दै युएससीआईएसले दोश्रो राउण्डको लोटरीमा १३,६०७ आवेदकहरु चयन गरेको थियो । मार्चमा पहिलो राउण्डमा ११४,००० आवेदकहरु चयन गरिएको थियो। यसरी कुल चयन भएका आवेदनकर्ताहरूको संख्या १,२७,६२४ रहेको थियो ।

लोटरीका लागिथ अनलाइन दर्ता मिति गत मार्च २५ मा समाप्त भएको थियो। आर्थिक वर्ष २०२४ को तुलनामा २०२५ का लागि आवेदनहरूको संख्या उल्लेखनीय घटेको छ। २०२५ का लागि ४७९,९५३ आवेदन प्राप्त भएको थियो, यो संख्या २०२४ मा दर्ता भएका ७८०,८८४ आवेदनहरूको तुलनामा लगभग ३९ प्रतिशत कम हो।

एचवान बी भिसा भनेको एक अस्थायी गैर आप्रवासी भिसा श्रेणी हो जसले अमेरिकी रोजगारदातालाई शिक्षित विदेशी पेशेवरहरूलाई विशेष व्यवसायमा काममा राख्न अनुमति दिन्छ, जसमा कम्तीमा स्नातक वा समान डिग्रीको आवश्यकता हुन्छ।

यो भिसा विशेष रूपमा गणित, इञ्जिनियरिङ, प्रविधि, र मेडिकल विज्ञान जस्ता क्षेत्रहरूमा लोकप्रिय छ। यो भिसाको प्रारम्भिक अवधि सामान्यतया तीन वर्षको हुन्छ, जसलाई अधिकतम छ वर्षसम्म विस्तार गर्न सकिन्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com