बाइडेन कार्यकालको अन्तिम वर्ष २०२४ मा चार्टर्ड विमानबाट दोब्बर नेपाली देशनिकाला


प्रकाशित मिति : मंसिर १५, २०८१ शनिबार

अमेरिकी राष्ट्रपति जो बाइडेनको कार्यकालमा १ सयजनाभन्दा बढी नेपालीलाई अमेरिकाबाट विमान चार्टड गरेर देशनिकाला गरिएको तथ्यांक इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले सार्वजनिक गरेको छ । बाइडेनले कार्यभार सम्हाल्नु अगाडिका ४ महिनामा १५ जना र त्यसपछि सन् २०२४ को जुनसम्मका झण्डै साढे ३ बर्षमा ११४ जना नेपालीहरुलाई अमेरिकाबाट विमान चार्टड गरेर देशनिकाला गरिएको आइसको तथ्यांकमा उल्लेख छ ।

गत आर्थिक बर्ष २०२४ को ९ महिनामा ४६ जना नेपालीहरुलाई अमेरिकाबाट विमान चार्टड गरेर देशनिकाला गरिएको छ । जुन अघिल्लो आर्थिक बर्ष २०२३ को पूरै १२ महिनाको तुलनामा दोब्बर हो । आर्थिक बर्ष २०२३ मा २२ जना नेपालीहरुलाई आइसले चार्टड विमानमार्फत देशनिकाला गरेको थियो ।

त्यस्तै आर्थिक बर्ष २०२२ मा २८ जना नेपालीहरुलाई आइसले चार्टड विमानमार्फत अमेरिकाबाट देशनिकाला गरेको थियो । आर्थिक बर्ष २०२१ मा २३ जना नेपालीहरुलाई चार्टड विमानमार्फत अमेरिकाबाट देशनिकाला गरिएकोमा बाइडेनले कार्यभार सम्हालेपछि ७ जना नेपालीहरुलाई अमेरिकाबाट चार्टड विमानमा देशनिकाला गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो संख्यामा अमेरिकी अध्यागमन अदालतबाट देशनिकालाको आदेश पाएर स्वेच्छिक रुपमा अमेरिका छाड्नेहरुको संख्या समावेश छैन । यो आइसको हिराशतमा बसेर आइसकै खर्चमा अमेरिकाबाट देशनिकाला हुनेहरुको विवरण हो । ट्रम्पको कार्यकालको अन्तिम बर्ष २०२० मा ९७ जना नेपालीहरुलाई अमेरिकाबाट देशनिकाला गरेर नेपाल पठाइएको थियो ।

उनीहरुमध्ये प्राय मेक्सिकोबाट गैर कानुनी रुपमा अमेरिका छिर्ने प्रयास गर्दा सीमाक्षेत्रमा समातिएकाहरु हुन् । आइसले पक्राउपछि केहीसमय जेलमा राखेर नेपाल फिर्ता पठाएको हो ।

आर्थिक बर्ष २०१९ मा आइसले अमेरिकाबाट १६२ जना नेपालीहरुलाई देशनिकाला गरेर नेपाल पठाएको थियो । त्यस्तै आर्थिक बर्ष २०१८ मा ४५ जना नेपालीहरुलाई आइसले अमेरिकाबाट देशनिकाला गरेर नेपाल पठाएको थियो । आर्थिक बर्ष २०१७ मा पनि यो संख्या ४५ नै थियो । आर्थिक बर्ष २०१६ मा भने २५ जना नेपालीहरुलाई आइसले अमेरिकाबाट देशनिकाला गरेर नेपाल पठाएको थियो ।

आर्थिक बर्ष २०१५ मा २३ जना नेपालीहरुलाई आइसले अमेरिकाबाट देशनिकाला गरेर नेपाल पठाएको थियो । त्योभन्दा अगाडि २०१४ मा ४४ जना नेपालीहरुलाई आइसले अमेरिकाबाट देशनिकाला गरेर नेपाल पठाएको थियो ।

अमेरिकामा आइसको देशनिकालामा पर्ने यी नेपालीहरु दलाललाई हजारौं डलर बुझाएर विनाभिसा मेक्सिकोबाट अमेरिका छिर्नेहरु हुन् । यीमध्ये कतिपयले जोखिमपूर्ण यात्राका लागि १ लाख डलरसम्म खर्च गर्ने गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com