ट्रम्पको पदभारअघि विदेशी विद्यार्थीलाई क्याम्पस फर्किन अमेरिकी विश्वविद्यालयको चेतावनी


प्रकाशित मिति : मंसिर १५, २०८१ शनिबार

The Alfond Center at the Isenberg School of Management.

अमेरिकी विश्वविद्यालयहरूले विदेशी विद्यार्थीहरूलाई ट्रम्पको आप्रवासन नीतिमा कडाइबारे चेतावनी दिएका छन्। जनवरीमा डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्नुअघि नै अन्तर्राष्ट्रिय विद्यार्थी र कर्मचारीहरूलाई क्याम्पस फर्किन सुझाव दिँदै अमेरिकी विश्वविद्यालयहरूले इमेल पठाइरहेका छन्।

ूहाल सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरू चिन्तित भएको युनिभर्सिटी अफ कोलोरोडो डेनभरका प्राध्यापक क्लोई इस्टले बाएकी छिन् । ट्रम्पले इतिहासमै सबैभन्दा ठूलो देशनिकाला अभियान चलाउने प्रतिज्ञा गरेका छन् । यसका लागि अमेरिकी सेना प्रयोग गर्ने योजना बनाएका छन्।

हायर एड इमिग्रेशन पोर्टलका अनुसार ४ लाखभन्दा बढी कागजपत्रविहीन विद्यार्थीहरू अमेरिकी उच्च शिक्षामा भर्ना भएका छन्। ट्रम्प प्रशासनका अधिकारीहरूले देशनिकालाको सूचीमा रहेका आप्रवासीहरूलाई राख्नका लागि ठूलो होल्डिङ सुविधाहरू निर्माण गर्ने योजना बनाएका छन्। ट्रम्पका भावी सिमाना प्रमुख टम होमनले हिंसात्मक अपराधीहरू र राष्ट्रिय सुरक्षा खतरा उत्पन्न गर्नेहरूलाई प्राथमिकतामा राखी देशनिकाला गरिने बताएका छन् ।

विद्यार्थीहरू हाल निकै तनावग्रस्त र असहज महसुस गरिरहेको प्राध्यापक इस्टको भनाई छ । धेरै विद्यार्थीहरू आफ्नो भिसा र शिक्षालाई निरन्तरता दिन पाउने कुराबारे अन्योलमा रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नोभेम्बरमा युनिभर्सिटी अफ म्यासाचुसेट्सले अन्तर्राष्ट्रिय विद्यार्थी र प्राध्यापकहरूलाई यात्रा सल्लाह जारी गर्दै ट्रम्पले २० जनवरीमा कार्यभार सम्हाल्नु अघि जाडो बिदाबाट क्याम्पस फर्कनेबारे गम्भीर रूपमा विचार गर्न आग्रह गरेको थियो। २०१६ मा ट्रम्प प्रशासनको पहिलो अवधिमा लागु गरिएका यात्रा प्रतिबन्धहरूको अनुभवका आधारमा ग्लोबल अफेयर्स कार्यालयले यो सल्लाह अतिरिक्त सावधानीका साथ दिएको कलेजले बताएको थियो ।

२०१७ मा ट्रम्पले आफ्नो राष्ट्रपति कार्यकालको पहिलो हप्तामै केही प्राय मुस्लिम बहुल देशहरू, उत्तर कोरिया र भेनेजुएलाका नागरिकहरूलाई अमेरिका भ्रमणमा प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। पहिलो कार्यकालमा उनले विद्यार्थी भिसामा पनि केही प्रतिबन्ध प्रस्ताव गरेका थिए।

म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी र वेस्लियन युनिभर्सिटीले पनि यात्रा सल्लाह जारी गर्दै विद्यार्थी र कर्मचारीहरूलाई शपथग्रहण दिनअघि अमेरिका फर्किन आग्रह गरेका छन्। येल युनिभर्सिटीमा अन्तर्राष्ट्रिय विद्यार्थी र स्कलरहरूका लागि कार्यालयले यस महिनामा वेबिनार आयोजना गर्दै विद्यार्थीहरूका सम्भावित आप्रवासन नीतिमा हुने परिवर्तनहरूबारेका चिन्ताहरू सम्बोधन गरेको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com