नातेदारबाटै महिला किन मारिन्छन ? राष्ट्रसङ्घको प्रतिवेदन यसो भन्छ


प्रकाशित मिति : मंसिर १०, २०८१ सोमबार

सन् २०२३ मा विश्वमा हरेक १० मिनेटमा एक जना महिलाको हत्या हुने गरेको तथ्य वाहिर आएको छ ।

संयुक्त राष्ट्रसङ्घीय निकायहरूद्वारा सार्वजनिक गरिएको तथ्यलाइ आधार मान्ने हो भने ति महिलाको हत्या साथी वा नातेदारबाट हुने गरेको छ ।

लागूऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यालय ९युएनओडीसी० र संयुक्त राष्ट्रसङ्घीय महिला एजेन्सीले सार्वजनिक गरेको संयुक्त प्रतिवेदनअनुसार गत वर्ष करिब ८५ हजार महिला तथा किशोरीको हत्या भएको थियो ।

करिब ६० प्रतिशत अर्थात् ५१ हजारभन्दा बढी महिला तथा किशोरीको मृत्यु आफ्नो पार्टनर वा नातेदारको हातबाट भएको प्रतिवेदनमा उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो भनेको हरेक दिन १४० जना वा प्रत्येक १० मिनेटमा एक जना महिलाको हत्या हुनु बराबर हो ।

रिपोर्टमा भनिएको छ यो महिला र किशोरीका लागि घातक उत्पीडनको जोखिमको हिसाबले सबैभन्दा खतरनाक स्थान घर हो।

महिलाहरूको तुलनामा पुरुषहरू हत्याको सिकार हुने सम्भावना चार गुणा बढी भए तापनि गत वर्ष भएका सबै हत्यापीडितमध्ये ८० प्रतिशत पुरुषहरू अपरिचित व्यक्तिको हातबाट मरेका थिए ।

अफ्रिकामा सन् २०२३ मा २१ हजार ७०० महिलाको मृत्यु भएको थियो । सबैभन्दा कम महिला हत्या दर युरोप र एशियामा रहेको रिपोर्टमा उल्लेख छ ।

केही देशहरूमा नारी हत्या रोक्न प्रयास गरिए तापनि लैङ्गिक असमानता र हानिकारक रूढीवादका कारण त्यहाँ नारी हत्याको सङ्ख्या ‘भयानक’ छ ।

यो प्रतिवेदन १०७ देश वा क्षेत्रबाट उपलब्ध तथ्याङ्क र यूएनओडीसीले सदस्य राष्ट्रहरूले प्रस्तुत गरेका प्रतिक्रियाहरूबाट सङ्कलन गरिएको जानकारीमा आधारित रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com