ट्रम्पको देशनिकाला कार्यक्रमले आप्रवासी क्यानडातर्फ जानसक्ने, क्यानडाका अधिकारीको तयारी सुरु


प्रकाशित मिति : मंसिर ८, २०८१ शनिबार

क्यानडाका अधिकारीहरुले ट्रम्पको सामूहिक निर्वासन कार्यक्रमले अमेरिकामा रहेका कागजातविहीन आप्रवासीहरूको चाप क्यानडातर्फ बढ्नसक्ने अनुमानका साथ तयारी सुरु गरेका छन् । क्यानाडाका अधिकारीहरूले कागजातविहीन आप्रवासीहरूमा सम्भावित बढोत्तरीका लागि तयारी गरिरहेका छन् ।

क्यानाडाका अधिकारीहरूले गस्ती थप्ने, नयाँ सवारीसाधनहरू किन्ने र न्यूयोर्क राज्य तथा क्युबेक प्रान्तको बीचको सीमामा आपतकालीन रिसेप्सनहरु स्थापना गर्ने योजनाहरू बनाएका छन् । कयानडासँगको उत्तरी सीमानामा ट्रम्प प्रशासनमा नियुक्त हुने टम होमन सहितका व्यक्तिहरूको ध्यान समेत केन्द्रित छ।

उत्तरी सिमानामा सरोकारहरूले ट्रम्प प्रशासनको पहिलो र दोस्रो कार्यकालमा बसाइसराइको क्यानाडाको दृष्टिकोणमा मुख्य परिवर्तनलाईलाई जोड दिएको छ । पहिलो कार्यकालका समयमा क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडामा शरणार्थीहरूलाई स्वागत भएको बताएका थिए । त्यतीबेला ट्रम्पले शरणसम्बन्धी नियमहरू कडा गर्दै थिए भने अमेरिकाको दक्षिणी सीमामा पारिवारिक बिछोड जस्ता नीतिहरू ल्याइरहेका थिए।

उत्पीडन, आतंक र युद्धबाट भाग्नेहरूलाई क्यानाडालीहरूले स्वागत गर्ने त्यतीबेला प्रधानमन्त्री जस्टिन ट्रुडोले बताएका थिए । तर अहिले क्यानाडाको मूडमा धेरै फरक आएको छ। महामारीको अन्त्य पछि थप कानुनी आप्रवासीहरूको आगमनले आवास जस्ता स्रोतहरू तनावपूर्ण बनाएको छ भने धेरै क्यानडालीहरुले ट्रुडोको सरकारलाई यसको दोष लगाएका छन् । क्यानडाले कानुनी अध्यागमनलाई उल्लेखनीय रूपमा सीमित गर्न कदम चालिरहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यता ट्रम्प अध्यागमनमा थप आक्रामक बनेका छन् । उनले लाखौं गैरकानुनी आप्रवासीहरूलाई कारवाही र देशनिकाला गर्न चाहन्छन्। उनका सहयोगीहरूले क्यानाडाको उत्तरी सीमालाई नियन्त्रण नगरेकोमा आलोचना गरेका छन्, जहाँ यस समरमा क्यानडाबाट अमेरिकामा कागजातविहीन आप्रवासीहरूको आगमन रेकर्ड उच्च छ।

क्यानाडाका अधिकारीहरूले उनीहरूले सीमालाई सुदृढ गरिरहेको र ट्रम्पको कारवाहीबाट बच्न क्यानाडा प्रवेश गर्ने प्रयास गर्ने आप्रवासीहरूलाई देशनिकाला गर्ने बताइरहेका छन् । रोयल क्यानेडियन माउन्टेड पुलिसले थप कर्मचारीहरू, थप सवारी साधनहरू र थप हिरासत तथा प्रशोधन केन्द्रहरुको योजना बनाएको छ ।

क्यानाडाली अधिकारीहरूले शरण खोज्न क्यानाडामा प्रवेश गरेका मानिसहरूलाई फिर्ता पठाउन दुई देशहरू बीचको एक प्रमुख सम्झौताको अपेक्षा पनि राखेका छन् । सम्झौताले क्यानाडा र अमेरिकालाई सुरक्षित तेस्रो देशहरूको रूपमा तोकेको छ जहाँ शरण दाबीहरू गर्न सकिन्छ । त्यसैले जब शरण खोज्नेहरु एक देशबाट अर्को देशमा जान्छन्, उनीहरूलाई केही अपवादहरू बाहेक फिर्ता पठाउन सकिन्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com