राष्ट्रपतिमा ट्रम्पले जितेपछि दोश्रो देशको पासपोर्ट लिनमा अमेरिकीहरूको चासो बृद्धि


प्रकाशित मिति : मंसिर ८, २०८१ शनिबार

passport book on floor

फोटो: जेरेमी डोरोघ

दोश्रो देशको पासपोर्ट लिनमा अमेरिकीहरुको चासो बढिरहेको सन्दर्भमा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि यो चासो अझ बृद्धि भएको विश्वका विभिन्न अध्यागमन फर्महरूले रिपोर्ट गरेका छन्। ग्लोबल सिटिजन फर्म हेन्ली एन्ड पार्टनर्सको न्युयोर्क कार्यालयले यस्तो चासोमा बृद्धि भएको देखिएको बताएको छ ।

चुनावको दिन पछि फोन कल र अनलाइन सोधपुछ अत्यन्तै बृद्धि भएको जनाईको छ । अघिल्लो हप्ताको तुलनामा चुनावी हप्तामा अमेरिकी नागरिकबाट सोधपुछमा ३९२ प्रतिशत वृद्धि भएको बताइएको छ।

आर्टोन क्यापिटल नामको अर्को फर्मले चुनावको भोलिपल्ट नै १२० वटासम्म सोधपुछहरू प्राप्त गरेको बताएको थियो । यो यसको सामान्य संख्याको लगभग पाँच गुणा बढी हो । गुगलमा पनि सेकेन्डरी पासपोर्टको खोजी चुनाव पछिका दिनहरूमा बढेको जनाइएको छ ।

मानिसहरू ट्रम्पले अमेरिकामा आयात हुने सामानमा ट्याक्स बढाउने वाचाबारे चिन्तित देखिएका छन् । यसले कसरी अमेरिकी अर्थव्यवस्था र अमेरिकी डलरलाई असर गर्न सक्छ भन्नेबारे मानिसहरुको चिन्ता छ । युरोपमा खाताहरू स्थापना गर्न र सम्पत्तिहरू अपतटीय स्थानान्तरण गर्नमा जासो बढेको र त्यसो गर्न २ महिनासम्म लाग्ने जनाईएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कर छल्न वा आफ्नो पैसा लुकाउन नभई अमेरिकी सरकारको पहुँचबाट टाढा राख्नको लागि मानिसहरुले यसो गरिरहेको जनाईको छ । किनभने अमेरिकाले प्रतिबन्ध लगाएको खण्डमा उनीहरूको सम्पत्ति अमेरिकी बैंकहरूमा मात्रै नराख्ने सुनिश्चित गर्न चाहन्छन्।

चुनावले समलिंगी समुदाय भित्र पनि चिन्ता बढाएको छ। ट्रम्पले चुनाव जितेपछि समलिङ्गी विवाह के हुनेछ भन्नेबारे समलिङ्गी जोडीहरूमा चिन्ता बढेको देखिएको छ । ट्रान्सजेन्डर बच्चा भएका एक परिवारले पनि अर्को देशको पासपोर्टबारे सोधपुछ गरेको ल फर्मले जनाएको छ । नयाँ प्रशासनमा अधिकारको बारेमा उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com