अमेरिका छिराउने क्रममा एकैपरिवारका ४ को मृत्युको घटनामा रमनलाल मानवतस्करीमा दोषी ठहर


प्रकाशित मिति : मंसिर ८, २०८१ शनिबार

क्यानडाबाट अमेरिका आउन खोज्ने पटेल परिवारका ४ जनाको चिसोले मृत्यु भएको घटनामा अमेरिकाको मिनेसोटाको एक जूरीले हर्षकुमार रमनलाल पटेल र स्टिभ एन्थोनी सान्डलाई मानव बेचबिखन, आपराधिक षड्यन्त्र लगायत सबै मुद्दामा दोषी ठहर गरेको छ । दुबैले पटेल परिवारको मृत्युको सम्बन्धमा आरोपमा दोषी नभएको बताएका थिए ।

केही घण्टाको छलफलपछि शुक्रबार मिनेसोटाको अदालतमा निर्णायक मण्डलले फैसला सुनाएको हो । दुई जनालाई पछिको मितिमा सजाय सुनाइनेछ। उनीहरू प्रत्येकले ५५ वर्षसम्म जेल सजाय भोग्नेछन् ।

३९ वर्षीय जगदीश पटेल, ३७ वर्षीया वैशालीबेन पटेल र उनीहरूका छोराछोरी ११ वर्षीया छोरी विहांगी र तीन वर्षीय छोरा धार्मिकको शव क्यानाडा प्रहरीले जनवरी २०२२ मा फेला पारेको थियो। अमेरिकी सीमाबाट १२ मिटर नजिक मनिटोबा मैदानमा जमेको अवस्थामा उनीहरुको शव फेला पारिएको थियो ।

दोषी ठहर गरिएका हर्षकुमार रमनलाल पटेल मृतक पटेल परिवारसँग सम्बन्धित नभएको जनाइएको छ । तर उनी मानव तस्करीका मुख्य आयोजक थिए । दोषी ठहर अर्का व्यक्ति शान्डलाई अमेरिका प्रवेश गरेपछि परिवार र अन्य आप्रवासीहरूलाई पिकअप गर्ने योजना बनाएकोमा पक्राउ गरिएको थियो। दोषी ठहर गरिएका मानवतस्कर राजिन्दर पाल सिंहले पनि साक्षीका रुपमा बयान दिएका थिए । उनले मानिसहरूलाई ब्रिटिश कोलम्बिया र वाशिंगटन राज्य बीचको अमेरिका क्यानडा सीमा पार गर्न मद्दत गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिंहका अनुशार मृतक पटेल परिवार अर्को कथित तस्कर फेनिल पटेलसँग सम्पर्कमा थियो, जो टोरन्टोमा बस्छन् । पटेल परिवारको परिवारको मृत्युको लागि भारतीय प्रहरीले फेनिल पटेलमाथि आरोप लगाएको थियो। फेनिल पटेलपनि मृतक पटेल परिवारसँग सम्बन्धित नभएको र उनले पटेल परिवारलाई क्यानाडाको भिसा दिने व्यवस्था गरेको थियो जनाइएको छ ।

अर्का साक्षी २३ वर्षीय यश पटेल थिए । मृतक परिवारसँग उनको पनि पारिवारिक सम्बन्ध थिएन । उनी मृतक पटेल परिवारसँग अमेरिका जाँदै थिए। उनले आफू र अन्य आप्रवासीहरूलाई मनिटोबामा हिमपातको बीचमा खसालिएको र उनीहरूले अर्को कार नदेखेसम्म हिंड्नुपरेको बताएका थिए ।

क्यानडाको मनिटोबा नजिकै अत्यधिक चिसोका कारण पटेल परिवारका चारैजनाको मृत्यु भएको रात माइनस ३५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । पटेल परिवार पहिलो पटक २०२२ को जनवरी १२ मा क्यानाडाको टोरन्टो शहरमा विमानबाट पुगेको थियो। त्यसपछि उनीहरु पश्चिमी क्यानडाको मनिटोबामा गएका थिए । जनवरी १८ तिर सीमावर्ती शहर इमर्सनमा गएका थिए । उनीहरुको शव भोलिपल्ट राति भेटिएको थियो ।

क्यानाडा अमेरिका सीमा नजिक इमर्सनमा कुनै पनि सवारीसाधन नभेटिएपछि उनीहरुलाई कसैले कारमा लगेर त्यहाँ छाडिएको थियो । त्यसपछि उनीहरु त्यहाँबाट पैदल हिँडेर अमेरिका छिर्न खोज्दा मृत्यु भएको थियो ।

२०२२ को जनवरी १९ को साँझ अमेरिका छिर्न खोज्ने सात जना भारतीयको अर्को समूहलाई पनि सीमा क्षेत्रमा पक्राउ गरिएको थियो । जसमा दोषी ठहर ४७ वर्षीय स्टिभ सान्ड पनि थिए, उनलाई भ्यानमा १५ जनालाई राखेर सीमा क्षेत्रतिर लैजादै गर्दा मानव तस्करीको आरोपमा पक्राउ गरिएको थियो ।

अमेरिकाको दक्षिणी सिमानाबाट विना भिसा प्रवेश गर्ने घटना सामान्य मानिएपछि उत्तरीक्षेत्रबाट अमेरिका प्रवेशका घटना विरलै हुन्छन् । होमल्याण्ड सेक्युरिटी अधिकारीहरूले पटेल परिवारको मामला र मानव बेचबिखनको ठूलो अभियानको अनुसन्धान गरिरहेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com